ad ad

समाज


सामाखुशी क्षेत्रमा तत्काल ढल व्यवस्थापन गर्न सांसद पौडेलको माग

सामाखुशी क्षेत्रमा तत्काल ढल व्यवस्थापन गर्न सांसद पौडेलको माग

नेपालखबर
साउन १६, २०८० मंगलबार १३:०, काठमाडौँ

नेपाली कांग्रेसका नेता एवम् काठमाडौं क्षेत्र नं. ५ का सांसद प्रदीप पौडेल सामखुशी क्षेत्रमा तत्काल ढल व्यवस्थापन गर्न माग गरेका छन्। 

मंगलबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा सांसद पौडेलले सामाखुशी क्षेत्रमा बाढीका कारण हरेक वर्ष मानवीय क्षती हुने गरेको भन्दै सरोकारवालाहरुलाहरुको ध्यानाकर्षण गराए। 

चक्रपथ विस्तारका क्रममा भइरहेको काम वर्षा लागेपछि रोकिँदा सामाखुशी क्षेत्र डुबानमा परेकाले तत्काल त्यहाँको ढल व्यवस्थापन गर्नुपर्ने पौडेलले जोड दिए। 

ढलको उचित व्यवस्थापन गरेर विष्णुमतिमा पानी पुर्‍याए सामाखुशी खोलामा जाने करिब ४० प्रतिशत पानी रोकिएर  डुबानबाट बचाउन सहिने उनको भनाइ थियो। 

जेठ मसान्तअघि त्यस क्षेत्रमा ढल व्यवस्थापन गरी पानी विष्णुमतिमा पुर्‍याउने काम भइरहे पनि असारपछि रोकिँदा समस्या आउने भन्दै आफूले ध्यानाकर्षण गराएपछि त्यसतर्फ धयान नपुगेकोमा गुनासो गरे। 

बाटो नै खोलाजस्तो भएपछि १३ वर्षका साजन मगर बाटोमा हिँड्दा हिँड्दै साउन ७ गतेबाट बेपत्ता भएको भन्दै सांसद पौडेलले बेपत्ता बालकको खोजी कार्यमा तीव्रता दिन पनि सरोकारवालाको ध्यानाकर्षण गराए। 

चक्रपथ विस्तारको योजना भौतिक योजना मन्त्रालयसँग जोडिएको भन्दे पौडेलले तत्काल सडकमा राखिएका ढल व्यवस्थापन गर्न माग गरे। 

'खाल्डो खनेर हिम पाइप ढल बग्ने गरि अस्थायी रुपमा राख्ने वयवस्थापन ततकाल गरियोस्,' पौडेलले भने,'बेपत्ता बालकको खोजी र उनको परिवारलाई क्षतिपूर्ति दिइयोस्।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .