ad ad

खेल


दर्शक कुट्ने आर्मीका तीनजना भलिबल खेलाडीलाई प्रतिबन्ध

दर्शक कुट्ने आर्मीका तीनजना भलिबल खेलाडीलाई प्रतिबन्ध

फाइल तस्बिर


नेपालखबर
असार ३१, २०८० आइतबार १५:२०, काठमाडौँ

सातौँ राष्ट्रिय प्रधानमन्त्री एनभीए पुरुष तथा महिला भलिबल प्रतियोगितामा गत असार २५ भएको खेलका क्रममा दर्शकमाथि जाइ लाग्ने त्रिभुवन आर्मी क्लबका खेलाडीहरु कारबाहीमा परेका छन्। 

लिग खेलकै क्रममा प्यारापिटमा रहेका दर्शकहरुमाथि मुक्का बर्साउने काममा संलग्न आर्मी क्बलका धनबहादुर भट्ट, राजेन्द्र विष्ट र धनपति कुँवरमाथि नेपाल भलबिल संघले प्रतिबन्ध लगाएको हो। 

नेपाल भलिबल संघका महासचिव रोशन श्रेष्ठका अनुसार धनबहादुरलाई ६ महिना तथा राजेन्द्र र धनपतिलाई तीन-तीन महिनाको प्रतिबन्ध लगाइएको हो। 

घटनामा संलग्न रहेको आरोपमा हरिहजुर थापालाई राष्ट्रिय टिमको कप्तानीबाट बर्खास्त गरिएको छ। उनी आर्मी क्लबको पनि कप्तानी गर्छन्। 

‘खेल भावनाविपरीतको कार्य गरेकाले उनीहरुलाई राष्ट्रिय अन्तर्राष्ट्रिय सबै किसिमको खेलका लागि प्रतिबन्ध लगाइएको हो,’ उक्त घटनापछि गठित छानबिन समितिका संयोजकसमेत रहेका श्रेष्ठले भने, ‘अन्य दुई खेलाडीहरु दुर्गा खड्का र हरि अधिकारीलाई चेतावनी दिएका छौँ।’

श्रेष्ठले छानबिन समितिको तर्फबाट दर्शक, खेलाडी र अफिसियलहरुमा खेलभावना नदेखिएको निष्कर्ष पनि निकालेको बताए। उनका अनुसार खेल हुँदाको अवस्थामा सुरक्षामा पनि कमजोरी देखिएको भन्दै त्यसमा पति विशेष ध्यान दिन सुझाएको छ। 

असार २५ को खेलका क्रममा आर्मीका खेलाडीहरुले दर्शकहरुमाथि अपश शब्द प्रयोग गरेका थिए। त्यसको विरोधमा दर्शकहरुले खेलाडीतर्फ बोतल हानेका थिए। त्यसपछि आर्मीका खेलाडीहरु प्यारापिट पुगेर दर्शकमाथि कुटपिटमा उत्रिएका थिए।

राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा पुरुषतर्फको प्रतिस्पर्धा चलिरहँदा आर्मी गण्डकी प्रदेशविरुद्ध खेलिरहेको थियो। आर्मी र गण्डकीबीच तेस्रो सेटको खेलका क्रममा भएको सामान्य विवाद बढेपछि तनाव भएको थियो। 

दर्शकसँग पनि विवाद भएपछि आर्मीका खेलाडीले दर्शकहरुलाई कोर्टबाटै गाली गरेका थिए। तर दर्शकहरुले उनीहरुको अराजक व्यवहारको प्रतिकार गर्दा आर्मीका खेलाडी जाइ लागेका थिए। 

आर्मीका यी तीन खेलाडीरुले आफूहरूलाई बोतल हान्ने दर्शकलाई प्यारापिटमै पुगेर मुक्का हानेका थिए। आर्मीका यी खेलाडी खेलाडीको अभद्र व्यवहारप्रति अफिसियल साथ दिएर उत्रिएका थिए। अफिसियल पनि दर्शक कुट्न उत्रिएका थिए। 

नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र चन्दले आर्मीका खेलाडी र अफिसियललाई रोक्न खोजे पनि सकेका थिएनन्। उनै नेतृत्वको संघले ती खेलाडीमाथि प्रतिबन्ध लगाएको हो।

राष्ट्रिय टोलीका सदस्यसमेत रहेका धनबहादुर भट्ट क्षेत्री र एक अफिसियलले प्यारापिटमै पुगेर दर्शकलाई मुक्का हानेका थिए। यतिमै मात्रै रोकिएको थिएन आर्मीको टोली। उनीहरुले दर्शकलाई कुर्सी पनि हाने। 

दर्शक कुट्न उत्रिएका आर्मीका हरिहजुर थापा र हरि अधिकारीसहितलाई सुरक्षाकर्मीले रोकेका थिए। 

आर्मीले दुई सेट जितिसकेको अवस्थमा गण्डकी तेस्रो सेटमा खेलमा फर्किएको थियो।  सोझो सेटमा खेल जितेपछि तेस्रो सेटमा झगडा हुन पुगेको थियो। 

तेस्रो सेटमा आर्मी २३–२४ ले पछि परेको थियो। त्यो अवस्थामा गण्डकीका स्पाइकर बाहिरिएपछि आर्मीले अंक लिएको थियो। खेल २४–२४ को स्थितिमा रहँदा विवाद भएको थियो।

चेकआउटमा आर्मीलाई अंक दिएको भन्दै गण्डकीका खेलाडीले विरोध गरेका थिए। त्यसैबेला दर्शकहरुले पनि हुटिङसहित अपाच्य शब्द बोलेका थिए। त्यसपछिको तनावमा बोतल हानिएपछि आर्मीका खेलाडी दर्शकमाथि खनिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .