खेल


पुलिसलाई हराउँदै डायमण्डको विजयी सुरुवात

पुलिसलाई हराउँदै डायमण्डको विजयी सुरुवात

नेपालखबर
माघ ३, २०७६ शुक्रबार १२:५३,

पाँचौ आरबीबी–एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब च्याम्पियनसिपमा न्यु डायमण्ड क्लवले विजयी सुरुवात गरेको छ।

काठमाडौको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कर्भडहलमा शुक्रबार भएको उद्घाटन खेलमा न्यु डायमण्डले नेपाल पुलिस क्लबलाई ३–२ को सेटमा पराजित गर्दै कठिन जित निकालेको हो।

पहिलो सेट १७–२५ ले गुमाएको डायमण्डले दोस्रो सेट २५–१८ ले आफ्नाे पक्षमा पारेको थियो।

तेस्रो सेट पुनः २३–२५ ले पुलिसलाई सुम्पिएको डायमण्डले चौथो र पाँचौ सेटमा उत्कृष्ट पुनरागन गर्दै जित दर्ता गरेको हो। निकै प्रतिस्पर्धात्मक खेलमा डायमण्डले चौथो सेट २५–१८ र पाँचौ तथा अन्तिम सेट १५–११ ले जित्दै नतिजा आफ्नो पक्षमा पारेको थियो।

च्याम्पियनसिप अन्तर्गत आजै भएको पुरुषतर्फको खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लब विजयी भएका छन्।

त्यसअघि आर्मीले समूह ‘ए’ को पहिलो खेलमा आरजी भलिबल ग्रुपलाई ३–० को सेटमा पराजित गर्यो। आर्मी २५–९,२५–१६ र २५–९ ले विजयी भएको थियो।

अर्को खेलमा एपिएफले बुलबुले रारा क्लबलाई ३–१ ले पराजित गरेको छ। भारतीय खेलाडीको साथ रहेको बुलबुलेले पहिलो सेट जितेपछि त्यसपछि लगातार तीन सेट एपएीफले जित्यो। एपीएफ २३–२५,२५–१२,२५–२० र २५–१८ ले विजयी भएको थियो।

च्याम्पियनसिपमा पुरुषतर्फ ११ र महिलातर्फ ७ टोलीको सहभागिता रहेको छ। राउन्ड रोविनपछि समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन्। प्रतियोगिताका सहभागी टोलीले ३ जना सम्म विदेशी खेलाडी राख्न पाउने प्रावधान छ।

प्रतियोगिताका दुवैतर्फका विजेताले २ लाख, उपविजेताले १ लाख र तेस्रो हुनेले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। त्यस्तै दुवैतर्फका सर्वोत्कृष्ट खेलाडीले जनही २५ हजार पाउनेछन्। विधागत उत्कृष्टले समान १० हजार रुपैयाँ पाउनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad