ad ad

खेल


चेल्सीको मुख्य प्रशिक्षकमा पोचेटिनो

चेल्सीको मुख्य प्रशिक्षकमा पोचेटिनो

नेपालखबर
असार १९, २०८० मंगलबार १२:४८, काठमाडौँ

इंग्लिस क्लब चेल्सीले आगामी सिजनका लागि टोलीको मुख्य प्रशिक्षकमा मोउरिन्हो पोचेटिनोलाई भित्राएको छ। 

चेल्सीमा आवद्ध भएपछि टोटनह्याम हट्सपुर र साउथहेप्टनका पुर्व प्रशिक्षक पोचेटिनोले चेल्सी विगत १० देखि १५ वर्षमा इङल्यान्को सबैभन्दा ठूलो क्लब भएको बताएका छन्। 

उनले भने, 'मलाई प्रिमियर लिग र चेल्सीको संस्कृतिको अर्थ के हो भन्ने बारेमा राम्रोसँग थाहा छ। मलाई लाग्छ हाम्रो समर्थकहरु फेरि उपाधि जित्ने प्रयासमा उत्साहित छन्।'

५१ वर्षीय पोचेटिनोले पछिल्लो समय पेरिस सेन्ट जर्मेन (पीएसजी) को प्रशिक्षकको रूपमा काम गरेका थिए। उनले सन् २०२१–२२ मा लिग वन उपाधिसहित तीन उपाधि जिताएका थिए। 

चेल्सीले सन् २००४ देखि पाँच प्रिमियर लिग र दुई च्याम्पियन्स लिग उपाधिसहित २१ ट्रफी उचालेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .