ad ad

खेल


पब्जी खेल्न ५ सदस्यीय नेपाली टोली मकाउ प्रस्थान

पब्जी खेल्न ५ सदस्यीय नेपाली टोली मकाउ प्रस्थान

रासस
असार ७, २०८० बिहिबार ७:४४, काठमाडौँ

पब्जी मोबाइल खेलमा सहभागी हुन पाँच सदस्यीय नेपाली टोली आज मकाउ प्रस्थान गरेको छ। टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ र सदस्य अञ्जन धमलाले आज यहाँ आयोजित एक कार्यक्रमबीच सफलताको शुभकामना दिँदै बिदाइ गरे। 

सुविनकुमार प्रजापति (रुल्ज) को नेतृत्वमा जाने टोलीका अन्य खेलाडीमा साहस भण्डारी (किलर वाइटी), समिर गुरुङ (ग्यान्टे), दिपेश गुरुङ (डेल्टा) र संगीन भट्टराई (साङ) रहेका छन्।

एसियाली खेलकुदको छनोटका रूपमा समेत रहेको पब्जी मोबाइलमा २४ टिमको सहभागिता रहने बताइएको छ। पब्जी मोबाइल यही असार ८ देखि ११ गतेसम्म सञ्चालन हुनेछ।

कार्यक्रममा सदस्य–सचिव घिसिङले नेपालमा पनि ई–स्पोर्ट्सको लोकप्रियता बढ्दै गएको धारणा व्यक्त गर्दै परिषद्‌मा दर्ता भएका अन्य खेलसरह यो खेललाई पनि अभिभावकत्व प्रदान गरिने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .