खेल


अमेरिकामाथि नेपालको सहज जित

भीम र करणको उत्कृष्ट प्रदर्शन
अमेरिकामाथि नेपालको सहज जित

नेपालखबर
असार ५, २०८० मंगलबार २०:४, काठमाडौँ

भीम सार्की र करण केसीको उत्कृष्ट प्रर्दशनमा नेपालले आईसीसी विश्वकप छनोटमा अमेरिकालाई ६ विकेटले पराजित गरेको छ। 

अमेरिकाले दिएको २०८ रनको लक्ष्य नेपालले ४३ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो। 

जितसँगै नेपालले शीर्ष ३ मा रहँदै सुपर सिक्समा पुग्ने सम्भावना कायमै राखेको छ। 

चौथो विकेटका लागि भिम र दिपेन्द्र सिंह ऐरीले ७४ रनको अविजित साझेदारी गरेपछि नेपालले अमेरिकाविरुद्ध सहज जित निकालेको हो। 

ओडिआई करियर कै उच्च प्रर्दशन गरेका भीमले ७७ रनको योगदान दिए। भीम सार्की ११४ बलमा ७ चौका र १ छक्का हान्दै ७७ रनमा नटआउट रहे।  

दिपेन्द्र सिंह ऐरी ३९ बलमा नटआउट रहे। दिपेन्द्रले ३२ बलमा ५ चौका र १ छक्का हाने। 

ओपनर कुशल भुर्तेलले ३९ रनको योगदान दिए। ५४ बलको सामना गरेका कुशलले ४ चौका र १ छक्का हाने।

कप्तान रोहित पौडेलले १६, कुशल मल्लले १३ तथा आशिफ शेखले १२ रन थपे। 

त्यसअघि जिम्बाब्वेको ताकशिंगा स्पोट्र्स क्लबमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको अमेरिका ४९ ओभरमा २०७ रन बनाउँदा अलआउट भयो। 

अमेरिकालाई सामान्य स्कोरमा रोक्न नेपालका करण केसी एक्लैले चार विकेट लिए। करण केसी आफ्नो नवौ ओभरमा १७ रन खर्चे। करणले ९ ओभरमा ३ मेडन राख्दै ३३ रन दिएर ४ विकेट लिए। 

करणले दशौं ओभरको दोस्रो बलमा नोसथुस केन्जीगलाई आरिफ शेखको हातबाट क्याच आउट पवेलिएनको बाटो देखाए। करणले नै आठौं ओभरको पाँचौं बलमा आरोन जोन्सलाई कुशल भुर्तेलको हातबाट क्याच आउट गराए। 

दोस्रो ओभरको पाचौँ बलमा स्टेभन टेलरलाई एलबीडब्लु धरापमा पार्दै नेपाललाई पहिलो सफलता दिलाएका थिए। करणले नै दोस्रो ओभरको अन्तिम बलमा साइतेजा मुक्कामल्लालाई आरिफ शेखको हातबाच क्याच आउट गराए। करणले पाँच ओभरमा ४ विकेट लिन मात्र ७ रन खर्चिएका थिए।

गुलसन झाले ३ तथा दिपेन्द्र सिंह ऐरीले दुई विकेट लिए। 

ललित राजवंशी एक विकेट आफ्नो नाममा गरे। किफायती बलिङ गरेका ललितले आफ्नो स्पेलमा मात्र २० रन दिदै १ विकेट लिए। 

सन्दीप लामिछाने लगातार दोस्रो खेलमा विकेटविहिन बन्दा नेपालका लागि मंहगा सावित भए। सन्दीपले आफ्नो स्पेलमा ५८ रन दिदा विकेट लिन सकेनन्। 

अमेरिकाका लागि सयान जहानगिर १ सय रनमा नटआउट रहे। ७९ बल खेलेका उनले ९ चौका र ३ छक्का हाने। संकटकाबीच सयानले ओडिआइ करियरमा पहिलो शतक पूरा गरे। ७९ बलमा १० चौका र ३ छक्का मद्दतमा उनले १ सय रन पूरा गरे। 

शुसान्त मोदानीले ४२, गजानन्द सिंहले २६ र जस्सी पटेलले १२ रन बनाए। 

अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। 

नेपालले अब बिशिबार वेष्ट इण्डिजसँग खेल्नेछ। भने समूह चरणको अन्तिम खेलमा नेदरल्याण्डसँग खेल्ने तालिका छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .