खेल


शहिद स्मारक ए डिभिजन : उपाधि विजेता चर्च ब्वाइजको सेलिब्रेसन (तस्बिरहरू)

शहिद स्मारक ए डिभिजन : उपाधि विजेता चर्च ब्वाइजको सेलिब्रेसन (तस्बिरहरू)

घरेलु फुटबलमा ३७ वर्षयता कुनै पनि क्लबले पहिलो सहभागितामा लिग जितेको यो पहिलो पटक हो (तस्बिर : सरोज नेपाल)


सरोज नेपाल
जेठ २७, २०८० शनिबार २१:१२, काठमाडौँ

शहिद स्मारक ए डिभिजन लिगको उपाधि हात पारेको चर्च ब्वाइज युनाइटेड क्लबले ७५ लाख नगद हात पारेको छ।

शनिबार सम्पन्न लिगको अन्तिम खेलपश्चात त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा उपाधि बिजेता चर्च ब्वाइज लगायतका दोस्रो र तेस्रो हुने टिमलाई पनि नगदसहित सम्मान गरिएको हो। 

खेलमा मच्छिन्द्र क्लब दोस्रो भएको छ भने नेपाल पुलिस क्लबले तेस्रो स्थान हात पारेको छ। दोस्रो हुने मच्छिन्द्रले ५० लाख नगद र नेपाल पुलिस क्लबले २५ लाख नगद हात पारे। 

घरेलु फुटबलमा ३७ वर्षयता कुनै पनि क्लबले पहिलो सहभागितामा लिग जितेको यो पहिलो पटक हो। यसअघि मनाङ मर्स्याङ्दी क्लबले २०४३ सालमा पहिलो सहभागितामै लिगको उपाधि उचालेको थियो।

चर्च ब्वाइज अघिल्लो सिजन बी डिभिजन लिग च्याम्पियन हुँदै ए डिभिजनमा उक्लिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .