ad ad

खेल


नवौं अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा नेपाल च्याम्पियन

नवौं अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा नेपाल च्याम्पियन

प्रकाश न्यौपाने
पुस २७, २०७६ आइतबार ११:७,

भारतको कोलकतास्थित उलवरिया रवीन्द्र भवनमा सम्पन्न नवौं अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा नेपाल च्याम्पियन भएको छ।

नेपालसहित प्रतियोगितामा श्रीलंका, भुटान, बंगलादेश र भारतका खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए। नेपालले २० स्वर्णपदक र २ रजतसहित २२ वटा पदक जितेर च्याम्पियन हुन सफल भएको हो।

नेपालका खेलाडीहरु शहिल गुरुङ, प्रशुन शाही, गौरव पौडेल, आदित्य क्षेत्री, अमिसा पोखरेल, मिलन श्रीस, आशिष खड्का, सुमन परियार, नेहा श्रीस, सन्तु थारु, विपिन राना, रुपा राना, दिलमाया कोइराला, आश्विन खड्का आकृति राना, रिमा कुमाल, जीवन पुन, सरोज पौडेल क्षेत्री, सुनिल रावतले स्वर्णपदक जिते।

यस्तै, रुपा राना र दिलबहादुर बुढाथोकीले रजत पदक प्राप्त गरेको नेपाल टिमका प्रमुख टिम कोच केवी रानाले बताए। प्रतियोगितामा नेपाली टोलीले १० वर्ष उमेर समूहदेखि १९ वर्ष उमेर समूह माथिसम्मको समूहमा स्पर्धा गरेका थिए। नेपालका २१ जना खेलाडीले प्रतिस्प्रर्धा गरेका हुन्।

५ देशका ६ सय खेलाडीहरुको स्पर्धा भएको प्रतियोगितामा नेपाली टोलीको नेतृत्व जापान गोजुरियो कराँते डो मिसन संघ नेपालले गरेको थियो। नेपाली खेलाडीले कराँतेको कुमुते र काता विधामा प्रतिस्पर्धा गरेका थिए । प्रतिस्पर्धामा ६ जना महिला र १५ जना पुरुष खेलाडीको सहभागी थिए।

यस अघि पुना, दिल्ली र पटनामा सम्पन्न भएको च्याम्पियनसिपमा पनि नेपाली टिम च्याम्पियन बनेको थयो। पूर्व मेदिनापुर हलदिया कराँते गेम्स एण्ड स्पोर्टस एशोसियसन एण्ड सितेरियो कराँते अफ इण्डियाको आयोजनामा प्रतियोगिता भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .