राष्ट्रियसभा सदस्य कोमल वलीले नेपालमा कानुन र प्रहरीबाट डर हटेको भन्दै चिन्ता जाहेर गरेकी छन्।
अवैध उत्खननविरुद्ध आवाज उठाउँदै आएका धनुषाका दिलीपकुमार महतोको विषयमा आइतबार राष्ट्रियसभामा बोल्दै वलीले भनिन्, ‘देशैभरी कानुनको डर हुनुप¥यो। सरकार र प्रहरीको डर हुनुपर्यो।’
‘विरोध गर्न आएको मान्छेलाई टिपरले किच्नु भनेको भनेको मानवता कमजोर भएको हो। यो एउटा टिपर चालकको मात्र कुरा होइन। यस्तो मनोविज्ञान किन विकास भइरहेको छ?’ उनले प्रश्न गरिन्, ‘अहिले प्रहरी प्रशासनसँग भय पनि छैन, विश्वास पछि छैन। भय र विश्वासबिनाको प्रहरी बन्यो भने आउँदा दिनमा समाज कस्तो होला?’
उनले प्रहरीसँग आश र त्रास दुवै हुनुपर्ने बताइन्।
प्रतिक्रिया