ad ad

समाज


‘इरानी क्षेप्यास्त्रले अमेरिकी बंकर चर्केको थियो’

‘इरानी क्षेप्यास्त्रले अमेरिकी बंकर चर्केको थियो’

नेपालखबर
पुस २७, २०७६ आइतबार ११:१६,

जनवरी ३ मा इराकमा ड्रोन आक्रमण गरी अमेरिकाले सुलेमानीको हत्या गरेको थियो। इरानले सुरुवातको दिनदेखि अमेरिकासँग बदला लिने बताइरहेको थियो।

जनवरी ८ बुधबार बिहानै इरानले इराकस्थित अल–असद अमेरिकी सैन्य क्याम्पमा दर्जनभन्दा बढी क्षेप्यास्त्र प्रहार गर्यो। तर कुनै अमेरिकी सेनाको ज्यान गएन।

अमेरिकी सेनाहरु पहिल्यैदेखि बंकरमा लुकेर बसेका थिए। त्यसकारण उनीहरु बाच्न सफल भए। साढे दुईघन्टासम्म इरानले क्षेप्यास्त्र हानेको थियो।

इरानी आक्रमणमा कसैको मृत्यु नभएपछि अमेरिकी सेनाले यस घटनालाई चमत्कार भनेका छन्।

सीएनएनसँगको कुराकानीमा अल–असद सैन्य क्याम्पका सैन्य अधिकारीहरुले इरानी क्षेप्यास्त्र आक्रमणबाट आफूहरु लुकेको बंकर चर्किएको बताएका छन्।

सुरुवात देखि नै आक्रमण हुने आशंकापछि इराकस्थित अमेरिकी सेनाहरु सतर्क भएका थिए।
अमेरिकी सैन्य क्याम्पमा क्षेप्यास्त्र प्रहार गरेकै दिन इरानले युक्रेनियन विमानमा समेत क्षेप्यास्त्र प्रहार गरेको थियो।

Lt. Col. Staci Colemsan said it was a "miracle" there were no casualties.

उक्त विमान दुर्घटनामा १७६ जनाको मृत्यु भएको थियो। पहिले इन्जिनको खराबीले विमान दुर्घटनामा परेको बताउने इरानले यतिबेला गल्तीले विमानमा क्षेप्यास्त्र प्रहार भएको स्वीकारेपछि इरानकै नागरिकले सरकारको विरोध गरिरहेका छन्।

यतिबेला अमेरिका र इरानको विवादलाई विमान दुर्घटनाको विषयले ओझेलमा पारेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इरानलाई कहिल्यै परमाणु हतियार राख्न नदिने चेतावनी दिएका छन्।

The ruined remains of the living quarters where soldiers were evacuated.

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .