ad ad

खेल


राष्ट्रिय भलिबल टोलीमा चार खेलाडीको डेब्यु

राष्ट्रिय भलिबल टोलीमा चार खेलाडीको डेब्यु

नेपालखबर
जेठ ९, २०८० मंगलबार १६:१९, काठमाडौँ

घरेलु प्रतियोगितामा उच्च प्रदर्शन गर्दै आएका चार युवा खेलाडीले राष्ट्रिय भलिबल टोलीमा डेब्यु गरेका छन्।

काभा महिला भलिबल च्यालेन्ज कप अन्तर्गत बंगलादेशसँगको खेलमा प्रगती नाथ, पूजा चौधरी, कविता भट्ट र सेटर शान्ती कला राईले राष्ट्रि«य टोलीमा डेब्यु गरेका छन्।

घरेलु प्रतियोगितामा न्यू डायमण्ड युथ स्पोर्ट्स क्लबकी प्रगती उदियमान सेटर हुन्। १७ वर्षीया प्रगतीले छोटो समयमा नै सिनियर टोलीमा स्थान बनाउन सफल भइन्।

प्रगतीले कप्तान अरुणा शाहीको स्थान लिर्दै सिनियर टोलीका डेब्यु गरिन्।

नेपाल एपीएफ क्लबकी पूजा चौधरी अपोजिट हिटरको भूमिकामा अब्बल छिन्। घरेलु प्रतियोगितामा एपीएफको दबदबा हुँदा उनले सुरुवाती रोजाइमा खेल्न नपाएपनि उनी पछिल्लो समय पहिलो रोजाइकी खेलाडी हुन्।

मिडल ब्लकर कविता भट्टले पनि बंगलादेशविरुद्धको खेलबाट सिनियर टोलीमा डेब्यु गरिन्। एक समय त्रिभुवन आर्मी क्बलबाट खेल्ने कविता अहिले एपीएफ क्लबमा आवद्ध छिन्। कविताले बंगलादेशविरुद्धको खेलमा सुरुवाती रोजाइमा स्थान बनाउँदै डेब्यु गरेकी हुन्।

नेपाल पुलिस क्लबकी लिबेरो शान्तीकला राइले सिनियर टोलीमा डेब्यु गरिन्। यसअघि राष्ट्रिय टोलीको प्रारम्भिक चरणमा स्थान बनाएपनि अन्तिम टोलीमा स्थान बनाउन सकिनन्। यो पटक दुइ लिबेरो टोलीमा रहँदा शान्तीले स्थान बनाएकी थिइन्।

यसअघि सोमबार भएको कीर्गिस्तानविरुद्धको खेलमा रिमा कुँवर र संगम महतोले डेब्यु गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .