खेल


साम्बाको उत्कृष्ट प्रदर्शनमा गोकुलम आई लिगको फाइनलमा

साम्बाको उत्कृष्ट प्रदर्शनमा गोकुलम आई लिगको फाइनलमा

नेपालखबर
जेठ ६, २०८० शनिबार ६:४२, काठमाडौँ

नेपाली टोलीकी मुख्य स्ट्राइकर सावित्रा भण्डारी साम्बाको उत्कृष्ट प्रदर्शनमा गोकुलम केरला एफसी भारतीय महिला लिगको फाइनलमा पुगेको छ। 

साम्बाको टोलीले उपाधिका लागि नेपाली टोलीकै सरु लिम्बु र रेनुका नगरकोटे सम्मिलित किकस्टार एफसीको सामना गर्नेछ। 

किकस्टार पहिलो उपाधि जित्ने योजना हुँदा गोकुलम भने उपाधि ह्याट्रिक गर्ने योजनामा छ। 

शुक्रबार राति भएको दोस्रो सेमिफाइनलमा इस्टर्न स्पोर्टिङ युनियनलाई ५–१ गोलको फराकिलो अन्तरले हराउँदै गोकुलम उपाधिनजिक पुगेको हो।

खेलमा १–० ले पछि परेको गोकुलमले उत्कृष्ट पुनरागमन गर्दै जित हासिल गरेको हो। 

खेलको १८औं मिनेटमा कमला देवीले गोल गर्दै इस्टर्न स्पोर्टिङ युनियनलाई १–० ले अग्रता दिलाइन्।

खेलको ३१औं मिनेटमा गोकुलमले पेनाल्टीको अवसर पायो। पेनाल्टी एरियामा विपक्षी खेलाडीले सावित्रालाई लडाएपछि गोकुलमले पेनाल्टी अवसर पाएको थियो। जुन अवसरलाई इन्दुमतिले खेर जान दिइनन्। 

पहिलो हाफको इन्ज्युरी समयमा सावित्राले गोल गर्दै गोकुलमलाई २–१ को अग्रता दिलाइन्। खेलको मध्यभागबाट आएको बललाई सावित्राले किपर अघि बढेको मौकामा गोल गरेकी हुन्। 

खेलको ५५औं मिनेटमा सावित्राको क्रसमा भिभियनले गोल गरिन्। खेलको ७०औं मिनेटमा सावित्राले दिएको क्रसमा इन्दुमतिले हेडर गोल गर्दै गोकुलमलाई ४–१ को अग्रता दिलाइन्। 

खेलको इन्ज्युरी समयमा सावित्राले गोकुलमका लागि पाँचौं तथा व्यक्तिगत दोस्रो गोल गरिन्। सवित्राले डिबक्स बाहिरबाट डिफेन्डर र गोलरक्षकलाइ बिट गर्दै लगेको बललाई पोस्टको दिशा दिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .