ad ad

खेल


खेल क्षेत्र सुधारका लागि सुपर लिगकी अध्यक्षले गराइन् प्रधानमन्त्रीको ध्यानाकर्षण

खेल क्षेत्र सुधारका लागि सुपर लिगकी अध्यक्षले गराइन् प्रधानमन्त्रीको ध्यानाकर्षण

नेपालखबर
जेठ ४, २०८० बिहिबार १६:२१, काठमाडौँ

नेपाल सुपर लिगकी अध्यक्ष आश्रयता कार्की चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नेपाली खेल क्षेत्रको सकारात्मक प्रभाव पुर्‍याउनेगरी कार्यक्रमहरू अघि बढाउन ध्यानाकर्षण गराएकी छन्।

बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेट गर्दै सामाजिक उत्तरदायित्व कोष(CSR) रकम प्रयोग गर्नका लागि पहल गर्नका लागि आग्रह गरेकी हुन्। प्रधानमन्त्री प्रचण्डले पनि यो विषयमा सकारात्मक रहेको जानकारी गराएको अध्यक्ष चौधरीले बताएकी छिन्। 

अध्यक्ष चौधरीले नेपाल सुपर लिगले नेपालि खेल क्षेत्रमा निजि क्षेत्रलाई जोडदै खेल र खेलाडीका लागि आवश्यक लगानी भित्र्याउने र उत्कृष्ट प्रतियोगिताको माध्यमबाट नेपालि खेल क्षेत्रलाई थप व्यवसायिक र अन्तराष्ट्रियकरण गर्न प्रयास गरिरहेको भन्नेबारेमा जानकारी गराएको पनि उनले विज्ञप्तिमार्फत जनाएकी छिन्।

‘सिमित स्रोत, साधन र लगानीको वावजुद पनि नेपाली खेलकुद क्षेत्रले सधै उल्लेखनिय उपलब्धिहरु हासिल गर्दै आएको छ। भर्खरै नेपाली क्रिकेटले अन्तराष्टिय स्तरमा जुन छाप छोड्न सकेको छ त्यो आफैमा एतिहासिक रहेको छ,’ अध्यक्ष चौधरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यदि सम्पुर्ण खेलकुद क्षेत्रमा उचित लगानि र निजि क्षेत्रलाई पनि सम्मिलित गराउने हो भने समग्र नेपालि खेलकुद क्षेत्रले काँचुली फेर्न सक्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .