ad ad

खेल


ब्रेनफोर्टका स्ट्राइकर इभान टोनी ८ महिनाको प्रतिबन्धमा

ब्रेनफोर्टका स्ट्राइकर इभान टोनी ८ महिनाको प्रतिबन्धमा

नेपालखबर
जेठ ४, २०८० बिहिबार १४:१६, काठमाडौँ

सट्टेबाजीको नियम उल्ल‌ंघन गरेको आरोपमा ब्रेनफोर्टका स्ट्राइकर इभान टोनी ८ महिनाको प्रतिबन्धमा परेका छन्।

टोनीले फुटबल एशोसियसन (एफए) को नियम उल्लंघन गरेको स्वीकार गरेपछि उनलाई कारबाही गरिएको हो।

टोनीलाई एफएको सट्टेबाजी नियमको २३२ उल्लंघनका लागि ५० हजार पाउण्ड जरिवाना तोक्दै चेतावनी समेत दिइएको छ।

२७ वर्षीय टोनीको निलम्बन लागू भैसकेको छ। टोनी आगामी १७ सेप्टेम्बरदेखि प्रशिक्षणमा फर्कन सक्नेछन् तर मैदानमा भने २०२४ को १७ जनवरीसम्म फर्कन पाउने छैनन्।

टोनीले आफ्नो इन्स्टाग्राम स्टोरीमा स्वभाविक रुपमा निरास लेख्दै पोष्ट गरे।

उनले लेखेका छन्, ‘यो समयमा मेरो परिवार, साथीहरु, ब्रेन्टफोर्ड एफसी र समर्थकहरुलाई निरन्तर समर्थनको लागि धन्यवाद दिन बाहेक अरु कुनै टिप्पणी गर्दिन, जुन धेरै गाह्रो समय थियो। अब म अर्को सिजन मलाई मनपर्ने खेल खेल्न फर्कने कुरामा केन्द्रित छु।’

एफएले एक विज्ञप्ती जारी गर्दै टोनीको प्रतिबन्धपछि एक स्वतन्त्र नियामक आयोगद्वारा व्यक्तिगत सुरुवाइ गर्न लगाइएको बताएको छ। प्रतिबन्धका लागि स्वतन्त्र नियामक आयोगको लिखित कारण समयमा नै प्रकाशित गर्ने एफएले बताएको छ।

टोनीले २५ फेब्रुअरी २०१७ र २३ जनवरी २०२१ को बीचमा नियम उल्लघंन गरेको पाइएको छ। जुन समयमा टोनीले स्कन्थोर्प युनाइटेड, विगन एथलेटिक र ब्रेन्टफोर्डको प्रतिनिधित्व गर्थे।
टोनीले प्रिमियर लिगका ३३ खेलमा २० गोल गरेका छन्।

प्रतिबन्धमा परेसँगै टोनीले शनिबार हुने टोटनहमसँगको र २८ मे मा लिग लिडर म्यानचेष्टर सिटीसँगको खेल गुमाउनेछन्।

टोनीले पछिल्लो पटक ६ मे मा एनफिल्डमा लिभरपुलविरुद्धको खेल खेलेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .