ad ad

राजनीति


सांसद अमरेश सिंहले प्रधानमन्त्रीसँग उठाए आठ ठूला भ्रष्टाचारकाण्ड

सांसद अमरेश सिंहले प्रधानमन्त्रीसँग उठाए आठ ठूला भ्रष्टाचारकाण्ड

संसदमा प्रधानमन्त्रीलाई प्रश्न गर्दै सांसद डा. अमरेश सिंह। तस्बिर : सरोज बैजु


नेपालखबर
जेठ ४, २०८० बिहिबार १४:१९, काठमाडौँ

प्रतिनिधिसभा सदस्य डा. अमरेशकुमार सिंहले विभिन्न आठवटा भ्रष्टाचारका काण्डको छानबिन गर्नेबारे सरकारको जवाफ माग गरेका छन्।

प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रश्न गर्ने क्रममा उनले आठ वटा ठूला भ्रष्टाचारका काण्डको छानबनिबारे सरकारको जवाफ माग गरेका हुन्। 

‘२०६३ सालपछि ठूला ठूला भ्रष्टाचारका काण्ड आएका छन्। पोखरा विमानस्थल, आयल निगमको जग्गा खरिद, काठमाडौं–निजगढ फास्ट ट्रयाक, वाइडबडी जहाज खरिद, ओम्नीकाण्ड, नेपाल ट्रस्टको जग्गा लिज प्रक्रिया, एनसेलको कर छुट, बालुवाटारको ललित निवास जग्गा काण्ड छानबिन कहिलेदेखि सुरु हुन्छ?,’ सिंहले प्रश्न गरे। 

तर, प्रधानमन्त्री प्रचण्डले सांसद सिंहले सोधेका प्रश्नहरुको जवाफ अन्य सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने क्रममा दिइसकेको जिकिर गरे। 

‘यी प्रश्नका उत्तरहरु अघिल्ला उत्तरहरुमा दिइसकेको छु,’ उनले भने, ‘त्यस कारण यी ठूल्ठुला काण्डहरु, हत्याकाण्ड वा भ्रष्टाचार काण्डको छानबिन प्रक्रिया अगाडि बढाउनेबारे सरकार गम्भीर रुपमा लागिरहेको म फेरि दोहोर्‍याउन चाहन्छु।’

सांसद सिंहले आमनागरिक र किसानलाई मध्यनजर गरेर पनि प्रश्न गरेका थिए। 

‘आमनेपाली नागरिकले राजनीतिरहित गुणस्तरीय सहज एवम् सर्वसुलभ तरिकाले शिक्षा, स्वास्थ्य, न्याय, एवम् रोजगारी र किसानले समयमै मल बीउ र उत्पादनको उचित बजार पाउने दिन कहिले आउँछ?,’ उनको प्रश्न थियो।  

जवाफमा प्रधानमन्त्री प्रचण्डले सिंहका प्रश्नहरुले आफ्नो ध्यानाकर्षण भएको जवाफ फर्काए। ‘अन्य विषयबारे ध्यानाकर्षण गराउनुभयो। ध्यानाकर्षण भएको कुरा पनि म जानकारी गराउँछु,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .