ad ad

खेल


काभा महिला भलिबल च्यालेन्ज कपका लागि टोली घोषणा, प्रतिभा र कृपा समेटिएनन्

काभा महिला भलिबल च्यालेन्ज कपका लागि टोली घोषणा, प्रतिभा र कृपा समेटिएनन्

फाइल तस्बिर


नेपालखबर
बैशाख २७, २०८० बुधबार १३:२७, काठमाडौँ

जेठ दोस्रो सातादेखि घरेलु मैदानमा हुने एनएससी काभा महिला भलिबल च्यालेन्ज कपका लागि १४ सदस्यीय टोली घोषणा गरिएको छ। 

नेपाल भलिबल संघले घोषणा गरेको अन्तिम टोलीमा स्पाइकर प्रतिभा माली, सेटर कृपा अधिकारी र लिबेरो सरस्वती जैशीले स्थान बनाउन सकेनन्। 

चोटका कारण प्रतिभा अन्तिम टोलीबाट बाहिरिँदा आर्मीकी कप्तान कृपा अधिकारी र लिबेरो सरस्वती जैशी बाहिरिए। प्रतिभालाई प्रशिक्षणकै क्रममा चोट लागेको थियो। 

टोलीमा पहिलोपटक मिडल ब्लकर कविता भट्ट, संगम महतो, सेटर प्रगति नाथ, स्पाइकर रिमा कुँवर, पूजा चौधरी र लिबेरो शान्ति कला तामाङ स्थान बनाउन सफल भए। 

टोलीमा स्पाइकर निरुता ठगुन्ना र पुनम चन्दले भने पुनरागमन गरे। 

एनएससी काभा महिला च्यालेन्ज कप जेठ ८ देखि १४ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्‌को कभर्डहलमा हुँदै छ। प्रतियोगितामा ८ टोली सहभागी हुँदै छन्। 

घरेलु टोली नेपालले जेठ ८ मा किर्गिस्तानसँग खेल्दै च्यालेन्ज कपको सुरुवात गर्नेछ। नेपालले जेठ ९ गते बंगलादेशसँग र जेठ १० गते भारतसँग खेल्ने तालिका छ। 

समूह एमा नेपालसँगै भारत, बंगलादेश र किर्गिस्तान छन्। समूह बी मा उज्वेकिस्तान, श्रीलंका, माल्दिभ्स र काजकिस्तान छन्। 

राउन्ड रोबिन लिगपछि शीर्ष २ टोलीले सेमिफाइनलमा र पुछारमा रहेका दुई टोलीले वरीयताका लागि स्पर्धा गर्नेछन्। 

१४ सदस्यीय नेपाली टोली
अरुणा शाही (कप्तान), सरस्वती चौधरी (स्पाइकर), निरुता ठगुन्ना (स्पाइकर), पुजा चौधरी (स्पाइकर), रिमा कुँवर (स्पाइकर), उषा भण्डारी (स्पाइकर), कामना विष्ट (स्पाइकर), पुनम चन्द (स्पाइकर) कविता भट्ट (मिडल ब्लकर), साफिया पुन (मिडल ब्लकर), संगम महतो (मिडल ब्लकर), सलिना श्रेष्ठ (लिवेरो), शन्तिकला तामाङ (लिवेरो) र प्रगति नाथ (सेटर)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .