ad ad

कला


भारतका ५ सय हलमा नेपाली ‘परस्त्री’

भारतका ५ सय हलमा नेपाली ‘परस्त्री’

नेपालखबर
बैशाख २७, २०८० बुधबार १३:३१, काठमाडौँ

नेपाली सिनेमा ‘परस्त्री’ भारतका सिनेमा हलमा रिलिज हुने भएको छ। भारतको पीभीआर सिनेमाज कम्पनीले हिन्दी भाषामा डबिङ गरिएको ‘परस्त्री’ रिलिज गर्न लागेको हो। 

पीभीआरले पाँच सयवटा थिएटरमा ‘परस्त्री’ रिलिज गर्न लागेको निर्देशक सुरज पाण्डेले जानकारी दिएका छन्।

सुरज भन्छन्, ‘पीभीआरले पाँच सयवटा हलमा रिलिज गर्छु भनेको छ। तर, हामीले योभन्दा धेरै हलमा रिलिज गर्न भनेका छौँ।’

सिनेमा भारतमा जुन ३० (असार १५ गते) रिलिज हुनेछ। ‘परस्त्री’को हिन्दी डबिङ भइसकेको छ । चलचित्रको डिस्टिब्युटर कट, ट्रेलर र पोस्टर हेरेर पीभीआरले सिनेमाको हल रिलिज गर्ने निर्णय गरेको हो।

‘परस्त्री’को भारतीय बजारका लागि दुई गीत हिन्दीमा रेकर्ड हुने छन्। गायिकामा सोनल प्रधानले फिल्मका लागि हिन्दी गीत गाउने छिन्। 

शर्मिला पाण्डेले निर्माण गरेको यो फिल्मको कथा दीपेन्द्र के खनालले लेखेका छन्। फिल्म नेपालमा पनि असार १५ गते रिलिज हुँदै छ।

फिल्ममा कोसिस क्षेत्री, शिल्पा मास्के, गौरव विष्ट, अलिसा क्षेत्री, आशान्त शर्मालगायत कलाकारले अभिनय गरेका छन्। 

फिल्मको गत शुक्रबार नै पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरबारे विभिन्न कोणबाट बहस भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .