ad ad

खेल


ब्राइटनको नाटकीय जितसँगै म्यानचेष्टरको उपाधि आशामा धक्का

ब्राइटनको नाटकीय जितसँगै म्यानचेष्टरको उपाधि आशामा धक्का

नेपालखबर
बैशाख २२, २०८० शुक्रबार १३:६, काठमाडौँ

ब्राइटन एण्ड होव एल्वियनसँग पराजित भएपछि म्यानचेष्टर युनाइटेडको उपाधि आशामा धक्का लागेको छ।

बिहीबार राति भएको खेलमा ब्राइटनले इन्ज्युरी समयको नवौं मिनेटमा पेनाल्टीमा गोल गर्दै नाटकीय जित निकालेसँगै युनाइटेडको उपाधि आशामा धक्का पुगेको हो।

ब्राइटनको घरेलु मैदान एमेक्स स्टेडियममना एलेक्सिस म्याक एलिस्टरले पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई स्तब्ध पारे। पेनाल्टी बक्समा लुकासाले ह्यान्ड गरेपछि रेफ्रीले भिएआरको सहायतामा ब्राइटनलाई पेनाल्टी अवसर दिएका थिए।

खेलको निर्धारित समयमा दुवै टोलीले गोल गर्ने सुन्दर मौका पाएपनि त्यसलाई सदुपयोग गर्न सकेनन्।

जितसँगै ब्राइटनले ३२ खेलबाट ५५ अंक जोडेर छैटौं स्थानमा रहेको छ। पराजित युनाइटेड ३३ खेलबाट ६३ अंक जोडेर चौथो स्थानमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .