ad ad

खेल


सरु र रेनुका सम्मिलित किकस्टारको पहिलो जित

सरु र रेनुका सम्मिलित किकस्टारको पहिलो जित

नेपालखबर
बैशाख १७, २०८० आइतबार ११:३७, काठमाडौँ

राष्ट्रिय महिला फुटबल टोलीका मिडफिल्डरद्वय सरु लिम्बु र रेनुका नगरकोटे सम्मिलित किकस्टार एफसी कर्नाटकले भारतीय महिला लिग (आईडब्ल्यूएल) मा पहिलो जित दर्ता गरेको छ। 

गुजरातको अहमावादस्थित शाहीबाग प्रहरी स्टेडियममा आइतबार बिहान भएको खेलमा किकस्टारले ओडिसा एफसीलाई २–० गोल अन्तरले हराएको हो। 

खेलको ३६औं मिनेटमा किओको एलिजावेथ कटुङ्गवाले गोल गर्दै किकस्टारलाई सुरुवाती अग्रता दिलाइन्। 

७३औं मिनेटमा लेशराम बिबिचा देवीले अग्रता दोब्बर पारिन्।

खेलमा सरुले सुरुवाती रोजाइमा स्थान बनाएकी थिइन्। रेनुका भने खेलको इन्ज्युरी समयमा मैदान प्रवेश गरिन्।

समूह ए मा रहेको किकस्टार एक खेलमा जित र एक खेलमा हार भाग्दै ३ अंकका साथ तालिकाको पाँचौं स्थानमा छ। 

आजै भएको अर्को खेलमा इस्टर्न स्पोर्टिङ युनियनले सेल्टिक क्विन एफसीलाई ३–० ले हरायो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .