ad ad

ग्लोबल


तेल बोकेर अमेरिका गइरहेको जहाज इरानले समात्यो, २४ भारतीय सवार थिए

तेल बोकेर अमेरिका गइरहेको जहाज इरानले समात्यो, २४ भारतीय सवार थिए

नेपालखबर
बैशाख १७, २०८० आइतबार १२:४, काठमाडौँ

इरानले अमेरिकातर्फ गइरहेको एक तेल ट्यांकरलाई ओमानको खाडामी समातेको छ। यो ट्यांकर कुवेतबाट अमेरिकाको ह्युस्टन गइरहेको थियो।

इरानले अमेरिकातर्फ गइरहेका बेला समातेको ट्यांकरमा मार्शल आइल्यान्डको झन्डा राखिएको थियो।

समाचार एजेन्सी एएफपीका अनुसार यस ट्यांकरमा सवार २४ चालक दलका सदस्य भारतीय हुन्। मरिन ट्राफिक डटकमले यो जहाज कुवेतबाट अमेरिका गइरहेको जनाएको छ। 

शुक्रवार अमेरिकी नेभीले ट्यांकर जफत भएको जानकारी दिएको थियो। अर्कातिर इरानको सेनाले पनि ट्यांकर जफत गरेको जनाएको छ।

समाचार अनुसार ट्यांकर अन्तर्राष्ट्रिय समुद्रीक्षेत्रमा एक इरानी डुंगासँग ठोक्किएपछि समातिएको हो। उक्त दुर्घटनाका कारण डुंगामा सवार दुईजना चालक दलका सदस्य बेपत्ता छन्। घटनामा अन्य कयौँ मानिस घाइते भएका छन्। 

अमेरिकी नौसेनाका अनुसार यस जहाजको नाम एडभान्टेज स्वीट हो। बिहीबार दिउँसो करिब सवा १ बजे जहाजले आपत्काली सूचना दिएको थियो। अमेरिक नेभीका अनुसार त्यही बेला इरानी सेनाले उक्त जहाज जफत गरेको थियो। 

त्यसलगत्तै अमेरिकाले पूरा मामिलामाथि निगरानी राख्न एक पी-८ पोसिडियन समुद्री पेट्रोलिङ विमान पठाएको थियो। जसले इरानी नेभीले ट्यांकर जफत गरेको सूचना दिएको थियो। 

अमेरिकी नौसेनाले भने इरानको यो कारवाही  अन्तरराष्ट्रिय कानुनविरुद्ध रहेको जनाएको छ। यो कदम क्षेत्रीय सुरक्षा र स्थिरताका लागि खतरा रहेको पनि अमेरिकाले जनाएको छ। अमेरिकाले तत्कालै ट्यांकर छाड्न पनि इरानमाथि दबाब बढाएको छ। 

अमेरिकी नेभीले २ वर्षयता इरानले जफत गरेको यो पाँचौँ व्यवसायिक जहाज हो। इरानको तर्फबाट लगातार जहाज जफत गरेर समुद्री अधिकारमाथि हस्तक्षेप गर्नु विश्व अर्थतन्त्रका लागि खतरा रहेको अमेरिकाले दाबी गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .