ad ad

खेल


कुवेतविरुद्ध नेपालको उत्कृष्ट सुरुवात

कुवेतविरुद्ध नेपालको उत्कृष्ट सुरुवात

नेपालखबर
बैशाख १६, २०८० शनिबार ९:३७, काठमाडौँ

एसीसी प्रिमियर कपको सेमिफाइनलमा घरेलु टोली नेपालले कुवेतविरुद्ध उत्कृष्ट सुरुवात गरेको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कुवेतले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले ७ ओभरको समाप्तिमा विकेटको क्षतिबिना ६० रन बनाएर खेलिरहेको छ। 

ओपनर कुशल भुर्तेल र आशिफ शेखले ६० रनको साझेदारी गरेका छन्। जारी प्रतियोगितामा नेपालका ओपनरद्वयले सर्वाधिक साझेदारी गरेका हुन्। 

आशिफले १५ बलमा १ चौका र २ छक्का मद्दतमा २१ रनमा नटआउट छन्। कुशल २७ बलमा ६ चौका र १ छक्का बनाएर ३७ रन बनाएर खेलिरहेका छन्।

नेपाल कुवेतलई हराउँदै फाइनल खेल्न चाहन्छ। यता कुवेत पनि उपाधि दाबेदार नेपाललाई हराउँदै उपाधिनजिक पुग्न चाहन्छ।

आजै हुने पहिलो सेमिफाइनल समूह बी को विजेता यूएई र समूह ए को उपविजेता ओमान खेल्दै छन्। खेल मूलपानी मैदानमा हुनेछ। 

यूएई र ओमानबीचको खेलपछि मूलपानी मैदानले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता पाउनेछ। 

प्रतियोगिता विजेता टोलीले एसिया कपमा भारत र पाकिस्तासँग खेल्न पाउनेछ। शीर्ष तीनमा रहने टोलीले भने एसीसी इमर्जिङ टिम्स एसिया कपमा स्थान बनाउनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .