ad ad

खेल


इटहरीमा ‘स्कुल टु ओलम्पिक’ कार्यक्रम

इटहरीमा ‘स्कुल टु ओलम्पिक’ कार्यक्रम

नेपालखबर
बैशाख १३, २०८० बुधबार १७:३४, काठमाडौँ

कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजना र नेपाल ओलम्पियन्स संघको संयोजनमा इटहरीमा स्कुल टु ओलम्पिक कार्यक्रम सम्पन्न भएको छ। 

विद्यार्थीहरुलाई खेलकुदमा आबद्ध हुन प्रेरित गर्ने उद्देश्यले आयोजना भएको स्कुल टु ओलम्पिक कार्यक्रममा मोरङ र सुनसरीका करिब ४ सय विद्यार्थीहरुको सहभागिता रहेको थियो। 

ओलम्पियन्स संघका अध्यक्ष दीपक विष्टको नेतृत्वमा रहेको टोलीमा कीर्तिमानी धावक ओलम्पियन वैकुण्ठ मानन्धर, पुष्पराज ओझा, डम्बर कुँवर, मेनुका राउत, टिकाराम श्रेष्ठले आफ्नो अनुभव सुनाएका थिए। 

त्यस्तै, एसियाली खेलकुदकी कास्य पदक विजेता करातेकी सिता राई, राष्ट्रिय भलिबल टोलीका पूर्वकप्तान भरत शाह, राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान हरि खड्काले पनि आफ्नो अनुभव सुनाएका थिए। 

सहभागी ओलम्पिएन तथा खेलाडीले विद्यालयमा रहँदै आफूलाई रुची भएको खेलमा आबद्ध भएर प्रशिक्षण गरेमा भविष्यमा सफलता मिल्न सक्ने सम्भावना बढी रहेको सुनाए।

खेलसँगै अध्ययनलाई पनि सँगसँगै अगाडि बढाउनु पर्नेमा जोड दिएका थिए। 

कार्यक्रममा कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंसराज वाग्लेले कोशी प्रदेशको राष्ट्रपति रनिङ शिल्ड छनोटका दौरान देशका ख्यातीप्राप्त खेलाडीले आ आफ्नो अनुभव साट्दा नयाँ खेलाडीहरुलाई प्रेरणा मिल्ने बताए।

स्थानीय खेलकुद प्रदेशसँगको समन्वयमा ओलम्पियन्स संघले देशव्यापी रुपमा स्कुल टु कार्यक्रम आयोजनाको लक्ष्य राखे अनुरुप यसअघि सुदूरपश्चिम र कर्णाली प्रदेशमा सम्पन्न भइसकेको र भविष्यमा अन्य प्रदर्शनमा पनि आयोजना गरिने संघका अध्यक्ष दीपक विष्टले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .