ad ad

खेल


न्युकासलको गोलबर्षा, टोटनह्यामले भोग्यो सिजनकै नमिठो पराजय

न्युकासलको गोलबर्षा, टोटनह्यामले भोग्यो सिजनकै नमिठो पराजय

नेपालखबर
बैशाख १०, २०८० आइतबार २०:५६, काठमाडौँ

इङ्लिस प्रिमियर लिगमा टोटनह्याम हट्सरले न्युकासल युनाइटेडसँग नमिठो हार भोगेको छ।

आइतबार साँझ भएको खेलमा टोटनह्यामलाई न्युकासल युनाइटेडले ६-१ गोलले पराजित गरेको हो।

न्युकासलका लागि खेलको दोस्रो मिनेटमै जाकोब मुर्फेले गोल गरेर अग्रता दिलाए। त्यसपछि पहिलो हाफमै न्युकासलले ५ गोलको अग्रता लियो।

न्युकासलका लागि छैटौँ मिनेटमा जोइलिनटनले, नवौँ मिनेटमा जाकोबले गोल गरे। जाको यो व्यक्तिगत दोस्रो गोलले न्युकासल ३-० को अग्रता लिन सफल भयो। 

त्यसपछि १९ औँ मिनेटमा एलेक्जान्डर इसाकले, २१ औँ मिनेटमा इसाकले गोल गरे। उनको यो व्यक्तिगत दोस्रो गोलपछि न्युकासलको अग्रता ५-० बन्यो। 

पहिलो हाफमै न्युकासलले ५ गोलको अग्रता लिएको अवस्थामा दोस्रो हाफको सुरुमा टोटनह्यामले गोल फर्कायो। उसका लागि ह्यारी केनले ४९ औँ मिनेटमा गोल गर्दै खेललाई ५-१ अवस्थामा ल्याए।

तर पहिलो हाफमै गोल वर्षा गरेपछि उत्साहित न्युकासलका लागि ६७ औँ मिनेटमा कलुम विल्सनले गोल गरे। फराकिलो जितपछि न्युकासलले ३१ खेलबाट ५९ अंकसहित च्याम्पियन्स लिग यात्रामा बलियो बनेको छ। 

अहिले ऊ लिगको तेस्रो स्थानमा पुगेको छ। पराजित टोटनह्यामको च्याम्पियन्स लिग यात्रा कमजोर भएको छ। ऊ ५३ अंकसहित लिगको पाँचौँ स्थानमा छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .