ad ad

खेल


एसीसी प्रिमियर कप : यूएईका वृत्य अरविन्दको एकपछि अर्को सानदार प्रदर्शन

एसीसी प्रिमियर कप : यूएईका वृत्य अरविन्दको एकपछि अर्को सानदार प्रदर्शन

नेपालखबर
बैशाख १०, २०८० आइतबार १२:५९, काठमाडौँ

एसीसी प्रिमियर कपमा यूएईका विकेट किपर ब्याटर वृत्य अरविन्दले एकपछि अर्को सानदार प्रदर्शन गरिरहेका छन्।

आइतबार समूह चरण अन्तर्गत सिंगापुरविरुद्धको खेलमा विष्फोटक ब्याटर अरविन्दले १ सय ७४ रनको महत्वपुर्ण योगदान गरेका छन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको यूएई निर्धारित ५० ओभरमा ४ सय ७१ रनमा अलआउट भयो। 

तेस्रो नम्बरमा ब्याटिङमा आएका अरविन्दले १ सय ३३ बलमा १७ चौका र ७ छक्का हान्दै १ सय ७४ रनको महत्वपूर्ण योगदान दिए। लामो सट खेल्ने धुनमा रहेका अरविन्द कालिमुथुको बलमा अब्दुल हरमानको हातबाट क्याच आउट भए। 

यूएईका ओपनर तथा कप्तान मुहम्मद वसिमले १६० रन जोडे। ८२ बलको सामना गरेका वसिमले ९ चौका र १६ छक्का हाने। आयान अफ्जल खानले ७४ रन थपे। 

प्रिमियर कप अन्तर्गत कै खेलमा अरविन्दले यसअघि कुवेतविरुद्ध १ सय ८५ रनको विष्फोटक ब्याटिङ गरेका थिए। 

अरविन्दले १४७ बलमा १७ चौका र ९ छक्का हान्दै १ सय ८५ रन जोड्दा क्याच आउट भएका थिए। अरविन्द कै उत्कृष्ट ब्याटिङमा युएईले कुवेतमाथि १ सय ४३ रनको विशाल जित निकालेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .