ad ad

राजनीति


नाराबाजीपछि चितवन २ को नयाँकिरण माविमा रोकियो मतदान

नाराबाजीपछि चितवन २ को नयाँकिरण माविमा रोकियो मतदान

मतदानस्थलमा विवादपछि सेना तैनाथ गरिएको छ। तस्बिर : नेपालखबर


नेपालखबर
बैशाख १०, २०८० आइतबार १३:३, चितवन

उपनिर्वाचनअन्तर्गत चितवनको भरतपुर महानगरपालिका-११ स्थित नयाँकिरण माविको मतदान अवरुद्ध भएको छ।

मतदानस्थलमै नाराबाजी र विवाद भएपछि मतदान रोकिएर सर्वदलीय बैठक डाकिएको छ। 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका चितवन क्षेत्र नम्बर २ का उम्मेदवार रवि लामिछानेका समर्थकहरुले मतदानस्थलमै नाराबाजी गरेका थिए। 

रवि मतदानस्थलमा आएपछि समर्थकहरुले नाराबाजी गरेपछि विवाद भएको थियो। त्यसपछि त्यहाँ रहेका नेकपा एमालेका समर्थक र कार्यकर्ताहरुले उनीहरुलाई रोक्न खोज्दा तनाव बढेको हो। 

तनावपछि प्रहरीले केही बेर लाठी चार्ज पनि गरेको थियो। लाठी चार्ज गर्दै प्रहरीले नाराबाजीमा संलग्न रास्वपका कार्यकर्तालाई बाहिर पठाएको थियो।

विवादपछि मतदानस्थलबाहिर सेनाको टोली पनि पुगेको छ। रोकिएको मदतान अघि बढाउन अहिले त्यहाँ सर्वदलीय बैठक बसिरहेको छ। 

सर्वदलीय बैठकमार्फत सहमति जुटाएर मतदान अघि बढाउन लागिएको मतदान अधिकृत इन्द्र शर्मा ढुंगानाले सञ्चारकर्मीहरुलाई बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .