खेल


आर्सनलले गुमायो लगातार ६ अंक, सिटीलाई शीर्ष स्थानमा उक्लिन मौका

आर्सनलले गुमायो लगातार ६ अंक, सिटीलाई शीर्ष स्थानमा उक्लिन मौका

नेपालखबर
बैशाख ९, २०८० शनिबार १५:१९, काठमाडौँ

इङ्लिस प्रिमियर लिगमा कुनै बेला १२ अंकको अग्रता बनाएको आर्सनल संकटमा परेको छ। लिगका पछिल्ला ३ खेलमा लगातार अंक गुमाउँदै आर्सनलले म्यानचेस्टर सिटीसँगको अग्रता बढाउन चुकेको हो।

पछिल्ला ३ खेल नै बराबरीमा टुंगिँदा आर्सनलले ६ अंक गुमाएको छ। लिगका ६ खेल बाँकी रहँदा आर्सनलले ७५ अंक जोडेको छ।

अहिले सिटीभन्दा आर्सनल ५ अंकले अगाडी भएपनि सिटीले उसले भन्दा २ खेल कम खेलेको छ। सिटीले ती दुबै खेल जितेमा आर्सनल एक अंकले पछि पर्नेछ। आर्सनलले पछिल्ला ५ खेलमा दुईमा मात्रै जित हात पार्दा सिटीले सबै खेल जितेको छ। लिभरपुल, वेस्टह्याम र साउथह्यामटनसँग आर्सनलले बराबरी खेलेको हो। 

अब सिटी र आर्सनल नै आमनेसामने हुँदैछन्। यो खेल उपाधिका लागि समेत निर्णायक हुने देखिएको छ। यो खेलमा पराजित भएमा भने आर्सनल अन्तिममा पछि पर्ने देखिएको छ। 

यता च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको एकमात्रै प्रिमियर क्लब सिटी भने घरेलु उपाधि पनि कब्जा गर्ने दाउमा छ। यो पटक उपाधि जिते सिटीले उपाधिमा ह्याट्रिक गर्नेछ। यसअघिका दुई सिजन प्रिमियर लिगको उपाधि सिटीले जितेको थियो। 

अहिलेसम्म च्याम्पियन्स लिग जित्न नसकेको सिटी यता पनि उपाधि नजिक छ। सेमिफाइनलमा उसले रियल मड्रिडको सामना गर्नेछ।

यसअघि सिटीले जर्मन क्लब बायर्नम्युनिखलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .