ad ad

खेल


प्रिन्स दाहाल जुनियर ब्याडमिन्टनको १४ औं विश्व वरियतामा

प्रिन्स दाहाल जुनियर ब्याडमिन्टनको १४ औं विश्व वरियतामा

नेपालखबर
पुस २२, २०७६ मंगलबार ९:४२,

नेपाली युवा खेलाडी प्रिन्स दाहाल जुनियर ब्याडमिन्टनतर्फ विश्व वरियताको १४औं स्थानमा उक्लिएका छन्। यसअघि ३२ औं स्थानमा रहेका दाहालले १८ स्थान सुधार गर्दै शिर्ष १४ मा पुगेका हुन्।

दाहालले आफ्नो लक्ष्य वरियता नं १ मा पुग्नु रहेको बताए। नेपालखबरसँग कुरा गदै दाहालले भने, ‘निकै खुसी छु। मैले जसरी मेहनत गरिरहेको छु, त्यसको फल पाइरहेको छु। विश्व वरियताको शिर्ष १४ मा पुग्नु भनेको मेरोलागि ठुलो उपलब्धी हो। अबको लक्ष्य नम्बर १ हुने हो त्यसको लागि पनि अझै मेहनत गर्छु।’

विभिन्न अन्तराष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएका दाहालले ४ महिनाअघि भएको दुवई इन्टरनेसनल सिरिजमा उपाधि जितेपछि विश्व वरियताको शीर्ष ५० मा उक्लिएका थिए। योसँगै दाहालले सेनेगलमा सन् २०२२ मा हुने युथ ओलम्पिक खेल्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .