ad ad

समाज


१ सय २२ चिनियाँलाई ४ वर्ष नेपाल प्रवेश निषेध

१ सय २२ चिनियाँलाई ४ वर्ष नेपाल प्रवेश निषेध

नेपालखबर
पुस २२, २०७६ मंगलबार ९:५६,

नेपालमा बसेर चीनमा साइबर अपराधमा संलग्न रहेका १ सय २२ चिनियाँ नागरिकलाई अध्यागमन विभागले दुई हजार र एक हजार रुपैयाँ जरिवाना भराउने निर्णय गरेको छ। यस्तै,उनीहरुलाई ४ वर्षका लागि नेपाल प्रवेश निषेध गरिएको छ।

अध्यागमन विभागका निर्देशक रामचन्द्र तिवारीले ३४ जनालाई दुई हजार रुपैयाँ जरिवाना गरिएको बताए। उनले बाँकी रहेका ८८ जनालाई जनही एकहजार रुपैयाँ जरिवानाको निर्णय भएको बताए।

‘अध्यागमन ऐनको दफा १०(४) अनुसार निर्णय भएको छ,’ निर्देशक तिवारीले भने ‘भोली उनीहरु स्वदेश फिर्ता हुँदैछन्। नेपालस्थित चिनियाँ दूतावासले सोमबार अपराह्न अध्यागमन विभागलाई नेपालमा पक्राउ परेका १ सय २२ जनाको इन्ट्री परमिट बुझाएपछि विभागको कारबाही अघि बढेको हो। उनीहरुलाई बुधबार साँझ चाइना साउदर्न र चाइना इस्टर्नका जहाजमा क्रमशः ८० जना र ४२ जनाको बेग्लाबेग्लै टोली बनाएर फिर्ता लगिदैं छ।

विभागका अनुसार चाइना इस्टर्नमा ४२ जना बुधबार साँझ ७ बजेर १५ मिनेटमा र चाइना साउदर्नमा ८० जना बुधबार साँझ ७ बजेर ४५ भिनेटमा चीन फिर्ता हुदैछन्। केन्द्रीय अनुसन्धान ब्युरोको नेतृत्वमा प्रहरीको अपराध महाशाखा र काठमाडौं प्रहरीको संयुक्त कारबाहीमा पुस ७ गते १ सय २२ जना चिनियाँ नागरिक पक्राउ परेका थिए।

नेपालमा बसेर चीनमा अनलाइन जुवा, बैंकिङ कसुर र अनलाइनमा अश्लील यौनजन्य सामग्रीको अवैध कारोबारमा संलग्न उनीहरु पर्यटन भिसामा नेपाल आएका थिए। प्रहरीको लापरबाहीका कारण संगठित गिरोहका नाइके भने उम्किन सफल भएका छन्।

याे पनि : ‘राजा’ भागे, ‘प्यादा’ लिएर फर्कंदै चिनियाँ विशेष टोली

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .