रत्नाङ्गे इन्डुरो माउन्टेन बाइक रेस प्रतियोगिता वैशाख तेस्रो साता आयोजना हुने भएको छ।
सोलुखुम्बुस्थित ३ हजार ३ सय ५० मिटरको उचाइमा अवस्थित रत्नाङ्गेमा हुने प्रतियोगिता वैशाख २१ देखि २४ सम्म हुनेछ।
प्रतियोगिताको एलिटतर्फ (महिला र पुरुष), मास्टर्स (+४० वर्ष) र जुनियर (–१८ वर्ष) गरि चार स्पर्धामा प्रतिस्पर्धा हुनेछ आयोजकले जनाएको छ।
प्रतियोगितामा देशी र विदेशी माउन्टेन बाइकका खेलाडी सहभागी हुने आयोजकले जनाएको छ।
प्रतियोगिता आयोजनाबाट सोलुखुम्बुको पर्यटन प्रवर्दधनमा सहयोग पुग्ने विश्वास आयोजकले ब्यक्त गरेको छ।
फाप्लु माउन्टेन बाइक क्लबको आयोजना र जेरोलेभल एमटीबी स्कुलको ब्यवस्थापनमा हुने प्रतियोगितालाई केटीएम सिटीले प्रायोजन गरेको छ।
रत्नाङ्गे इन्डुरोमा विश्वभरबाट ठूलो संख्यामा माउन्टेन बाइकिङ प्रेमीलाई आकर्षित गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ।
Shares
प्रतिक्रिया