ad ad

खेल


अन्तिम ओभरमा धोनीका दुई छक्का, तर ३ रनले राजस्थानसँग पराजित

अन्तिम ओभरमा धोनीका दुई छक्का, तर ३ रनले राजस्थानसँग पराजित

नेपालखबर
चैत ३०, २०७९ बिहिबार ७:५०, काठमाडौँ

बुधबार राति चेन्नई सुपर किंग्स र राजस्थान रोयल्सबीच भएको खेल अन्तिम ओभरको अन्तिम ओभरसम्म रोमाञ्चक चल्यो।

अन्तमा राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई हराएर अंक तालिकाको नम्बर १ मा पुगेको छ।

खेलमा पहिले ब्याटिङ गरेको राजस्थानले आठ विकेट गुमाएर १ सय ७५ रन बनाएको थियो।

१७६ को लक्ष्य पछ्याएको चेन्नईलाई जितका लागि अन्तिम २ ओभरमा ४० रन जोड्नुथियो। रविन्द्र जडेजा र महेन्द्र सिंह धोनीले चार छक्का प्रहार गरे। अन्तिम ओभरमा १९ रन आवश्यक थियो। राजस्थानका लागि सन्दीप शर्माले गरेको बलिङमा धोनीले लगातार दुई छक्का प्रहार गरे। अन्तिम बल बाँकी थियो, चेन्नईलाई जितका लागि ५ रन आवश्यक थियो। 

धोनी स्ट्राइकरमा थिए। तर चेन्नई ३ रनले पराजित भयो।  

धोनीले १७ बलमा एक चौका र तीन छक्काको मद्दतले अविजित ३२ रन बनाए। 

 जडेजाले १५ बलमा अविजित २५ रन बनाएका थिए।

खेलपछि धोनीले हारको कारण मध्य ओभरमा पेचिलो खेल्न नसक्नु बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .