ad ad

खेल


पोष्ट बहादुर बोगटी स्मृति कप मंगलबारदेखि सुरु हुँदै

पोष्ट बहादुर बोगटी स्मृति कप मंगलबारदेखि सुरु हुँदै

नेपालखबर
चैत २४, २०७९ शुक्रबार १६:१, काठमाडौँ

प्रथम पोष्ट बहादुर बोगटी स्मृति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता मंगलबारदेखि हुने भएको छ। 

पोष्ट बहादुर बोगटी स्मृति प्रतिष्ठानले शुक्रबार काठमाडौमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता चैत २८ देखि वैशाख २ गतेसम्म हुने जानकारी दिएको हो। 

प्रतियोगितामा तीन विभागीयसहित गण्डकी, लुम्बिनी र सुदूरपश्चिम गरि ६ टोलीको सहभागिता रहने प्रतिष्ठानका महासचिव निर्मल आचार्यले जानकारी दिए। 

प्रतियोगिताको विजेताले ४ लाख तथा उपविजेताले २ लाख रुपैयाँ पाउनेछन्। तेस्रो हुनेले १ लाख, चौथोले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्।

प्रतियोगिताको विधागततर्फका (सर्भर, लिबेरो, स्पाइकर, सेटर र प्रशिक्षक) उत्कृष्ट खेलाडीले १० हजार रुपैयाँ प्राप्त गर्नेछन्। सर्वोत्कृष्ट खेलाडीले १५ हजार रुपैयाँ पाउनेछन्। 

प्रतियोगिता सम्पन्न गर्न ५२ लाख रुपैयाँ लाग्ने आयोजकले अनुमान गरेको छ। प्रतियोगिताका लागि राष्ट्रिय खेलकुद परिषद्ले २० लाख रुपैयाँ बिनियोजन गरेको छ।

नेपाल भलिबल संघको प्राविधिक सहयोगमा हुने प्रतियोगिता राष्ट्रिय खेलकुद परिषद्को कर्भडहलमा हुने प्रतिष्ठानले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .