ad ad

कला


दरबारमार्गमा वैशाख २ गते एनसेलको ‘पर्पल सटर्डे’, कस–कसको प्रस्तुति?

दरबारमार्गमा वैशाख २ गते एनसेलको ‘पर्पल सटर्डे’, कस–कसको प्रस्तुति?

तस्बिर : सरोज बैजू


नेपालखबर
चैत २४, २०७९ शुक्रबार १६:१७, काठमाडौँ

एनसेलको आयोजनामा दरबारमार्ग स्ट्रिट फेस्टिभल हुने भएको छ। 

नयाँ वर्षको अवसरमा वैशाख २ गते सांगीतिक कन्सर्ट ‘पर्पल सटर्डे’ हुने भएको हो। 

उद्योग वाणिज्य महासंघ, रेष्टुरेन्ट एन्ड बार एसोसिएन र दरबारमार्ग विकास बोर्डको सहकार्यमा दरबारमार्ग स्ट्रिट फेस्टिभल हुनेछ। 

निःशुल्क प्रवेश रहेको कार्यक्रममा भव्य संगीतिक कार्यक्रम हुनेछ। 

फेस्टिभलमा कुटुम्ब ब्यान्ड, पहेलो बत्तिमुनि, सिन्क्रोनस ब्यान्ड, द एलिमेन्ट ब्यान्ड, द रिदम ब्यान्डले प्रस्तुति दिनेछन्।  

त्यसबाहेक दीपक बज्राचार्य, त्रिशला गुरुङ, रोहित शाक्यले एनसेल पर्पल सटर्डेमा आफ्नो प्रस्तुति दिँदै छन्। 

वैशाख २ गते ११ बजेपछि सुरु हुने स्ट्रिट फेस्टिवलमा कन्सर्टसँगै, फुड, विभिन्न स्टल, बच्चाहरुको लागि खेलकुद, भीआर गेम्सलगायतका कार्यक्रम हुनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .