ad ad

खेल


भियतनामविरुद्धको खेलमा पहिलो हाफमै नेपाल ३ गोलले पछाडि

भियतनामविरुद्धको खेलमा पहिलो हाफमै नेपाल ३ गोलले पछाडि

गोल गरेपछि भियतनामका खेलाडी। तस्बिर : सरोज नेपाल/नेपालखबर


नेपालखबर
चैत २२, २०७९ बुधबार १८:५८, काठमाडौँ

पेरिस ओलम्पिकअन्तर्गत एशियाली छनोट खेलको पहिलो हाफमा भियतनामसँग नेपाल ३–० ले पछि परेको छ। 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलको पहिलो हाफ ससिकदा नेपाल ३-० ले पछि परेको हो। 

खेलको नवौँ मिनेटमा दीपा शाहीको पासमा अमिसा कार्कीको प्रहार पोष्टको माथिबाट बाहिरिँदा नेपालालो अग्रताको सुन्दर मौका गुमायो। 

अमिसाले किपर बिट भएको अवस्थामा गरेको प्रहार पोष्टको माथिबाट आकाशिएको हो। 

खेलको ११ औं मिनेटमा भियतनामकी पाम हाइ एनको गोलमा नेपाल १–० ले पछि परेको थियो। 

खेलको २० औं मिनेटमा एगुएन थि टुएट डुङको प्रहार किपरले पन्च गर्दै बचाइन्।

त्यसकै रिबाउण्डमा पाम हाइको प्रहार गोलरक्षक एञ्जिलाले बचाइन्। 

३४ औँ मिनेटमा अमिसाको फितलो प्रहार भियतनामकी गोलरक्षकले बचााउँदा नेपाललो बराबरीको मौका गुमायोा। 

३५ औँ मिनेटमा नेपालकी डिफेन्डर समिक्षा घिमिरेले ह्याण्ड गरेपछि भियतनामले पेनाल्टीको मौका पायो। जुन अवसरलाई कप्तान हुन्ह न्हुले खेर जान दिइनन्। 

३८ औं मिनेटमा भियतनामकी फरवार्ड न्युगेन थि बिच थीको प्रहार अमृता जैसीलाई लाग्दै डिफ्लेक्ट भएर पोष्टको दिशा लिँदा नेपाल ३–० ले पछि पर्‍यो।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .