ad ad

राजनीति


माओवादी कोशीमा पहिचानमै फर्किने, पदम लिम्बुलाई सहिद घोषणा गर्न माग

माओवादी कोशीमा पहिचानमै फर्किने, पदम लिम्बुलाई सहिद घोषणा गर्न माग

माओवादी पदाधिकारी बैठक। तस्बिर : प्रदीपराज वन्त


नेपालखबर
चैत २२, २०७९ बुधबार १९:१०, काठमाडौँ

नेकपा (माओवादी केन्द्र) ले कोशी प्रदेश नामाकरणको सम्बन्धमा पार्टी पहिचानकै पक्षमा उभिने निर्णय गरेको छ। 

बुधवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बसेको पदाधिकारी बैठकले कोशी प्रदेश नामाकरणको सन्दर्भमा पार्टीबाट कमजोरी भएको स्वीकार गरेको छ।

पार्टी निर्णयबारे जानकारी दिनुहुँदै माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले नामाकरणको बेलामा पहिचानको पक्षमा अडान राख्न नसक्नु पार्टीको कमजोरी भएको बैठकको निष्कर्ष रहेको बताए। 

उनले माओवादी केन्द्र पहिचानकै पक्षमा रहेको भन्दै प्रदेश कमिटीले पहिचानकै पक्षमा उभिएर कोशी प्रदेश नामाकरणको सम्बन्धमा फरक मत राख्ने निर्णय भएको जानकारी दिए। 

त्यसै आन्दोलनको क्रममा निधन भएकाहरुलाई सहिद घोषणा गर्न र राहत उपलब्ध गराउन सरकारसँग माग गरिएको उनले बताए। 

‘बैठकले ३ वटा निर्णयहरु गरेको छ। एउटा, पूर्वमा कोशी प्रदेश नामाकरण भयो। त्यस विषयमा आन्दोलन उठिरहेको छ। त्यसमा हाम्रो पार्टीप्रति अडानबारे प्रश्न उठेको पाइयो। हाम्रो पार्टी स्पष्टसँग पहिचानकै पक्षमा छ। नाम राख्दा पनि पहिचानकै पक्षमा अडान राख्नुपर्‍थ्यो', उनले भने, 'त्यतिखेर अलिकति कमजोरी भएको छ। अब प्रदेश कमिटीबाट हामीले पहिचानकै पक्षमा छौँ भन्ने रिजर्भेसन राख्ने कुरा भएको छ।'

उनले कोशी नामविरुद्धको आन्दोलनको क्रममा मृत्यु भएकाहरुलाई सहिद घोषणा गर्न र राहत दिन पनि सरकारसँग माग गरिएको बताए। 

'त्यस घटना (पदम लाजोहाङको मृत्यु प्रकरण) बारे छानबिन भइरहेको छ। के कसरी भएको हो भन्ने सरकारले गर्छ। हामी सहिद घोषणा गरेर राहत दिनुपर्छ भन्ने पक्षमा छौँ', उनले बैठकपछि भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .