ad ad

खेल


जर्सी नम्बर ९ तर्फ देखाउँदै भियतनामी प्रशिक्षकले भने...

जर्सी नम्बर ९ तर्फ देखाउँदै भियतनामी प्रशिक्षकले भने...

नेपालखबर
चैत २२, २०७९ बुधबार १०:४, काठमाडौँ

पेरिस ओलम्पिक २०२४ को एशियाली छनोटको पहिलो चरण खेलमा नेपाल आज लियो टोली भियतनामसँग खेल्दैछ।

समूह 'सी'मा रहेका अफगानिस्तान र प्यालेस्टाइनी टोलीले नाम फिर्ता लिएपछि घरेलु मैदानमा यी दुई टोली भिड्न लागेका हुन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ ६ बजेदेखि सुरु हुनेछ।

राउन्ड रोविनमा हुने खेलको शीर्ष स्थानमा रहने टोलीले दोस्रो स्थान पक्का गर्ने भएकाले पनि खेल रोमाञ्चक हुनेछ, दुवै टोलीले जितका लागि हरसम्भव प्रयास गर्नेछन्।

नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अनन्तराज थापाले भियतनामसँग खेल ठूलो अवसर भएको बताए।

उता भियतनाम पनि जित्नुपर्ने दबाबमा छ। बलियो टोली भियतनामले पनि नेपाललाई कमजोर ठानेको छैन। नेपालसँगको खेल महत्वपूर्ण भन्दै भियतनामका मुख्य प्रशिक्षक माइ डक चुङले यहाँ खेल्न मात्रै नभएर आफूहरू प्रतिस्पर्धा गर्न आएको बताए।

यसो बताइरहँदा मुख्य प्रशिक्षक चुङ नेपाली खेलाडी सावित्रा भण्डारी(साम्बा)लाई कम नआँक्न पनि आफ्ना खेलाडीलाई सतर्क गराए। उनले साम्बातर्फ इंगित गर्दै थपे, 'नेपालको जर्सी नम्बर ९ को खेलाडी एकदम राम्रो छ।' यसो बताइरहँदा आफ्ना खेलाडीलाई उनी सचेत गराइरहेका थिए।

नेपालले भियतनामसँगको दोस्रो खेल आगामी शनिबार दशरथ रंगशालामा नै खेल्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .