ad ad

खेल


गौतमबुद्ध क्रिकेट रंगशालाको स्वामित्व लिएर सरकारले बनाउने

गौतमबुद्ध क्रिकेट रंगशालाको स्वामित्व लिएर सरकारले बनाउने

नेपालखबर
चैत २०, २०७९ सोमबार १९:२४, काठमाडौँ

चितवनस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला स्वामित्व ग्रहण गरेर निर्माण अघि बढाउने निर्णय सरकारले गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले धुर्मुस-सुन्तली फाउन्डेसने निर्माणका क्रममा खर्च अभावमा अधुरो  छोडेको रंगशाला बनाउने निर्णय लिएको हो।

एकजना मन्त्रीका अनुसार अब रंगशालाको सबै स्वामित्व ग्रहण गरेर सरकारले आवश्यक बजेट व्यवस्थापछि निर्माण अघि बढाउने भएको हो।

नेपाली क्रिकेट टोलीले विश्वकप क्रिकेट लिग डिभिजन २ खेल्दै विश्वकप छनोटमा पुगेका बेला एउटा राम्रो रंगशाला नभएको भन्दै चर्को आलोचना भएको थियो।

धुर्मुस-सुन्तली फाउन्डेशनले १७ करोड बढी खर्च भएको भन्दै त्यसको स्वामित्व लिएर निर्माण अघि बढाउन सरकारलाई आग्रह गरिरहेको थियो।

यस्तोमा सोमबारको मन्त्रिपरिषद्ले रंगशालाको सबै स्वामित्व लिँदै निर्माणका लागि प्रक्रिया अघि बढाउने निर्णय लिएको हो।

यसअघि सरकारको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा समेत यो रंगशाला आफैं बनाउने उल्लेख थियो। तर बजेट व्यवस्थापन हुन सकेको थिएन। 

सरकारको यो निर्णयपछि भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले पनि अथक प्रयासले सार्थकता पाउन लागेको बताएकी छन्। 

'अथक प्रयासपश्चात हामी सबैको सपना गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने कार्य पूरा हुँदै', उनले सोमबार साँझ भनेकी छन्, 'चितवनबासी लगायत सम्पूर्ण खेलाडीहरूमा बधाई। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाल सरकारलाई हार्दिक धन्यवाद!'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .