ad ad

खेल


विराट गोल्डकप उपाधिका लागि विराटनगर सिटी र लुका सकर भिड्दै

विराट गोल्डकप उपाधिका लागि विराटनगर सिटी र लुका सकर भिड्दै

फाइल तस्बिर


नेपालखबर
चैत १६, २०७९ बिहिबार ९:३१, विराटनगर

सातौँ संस्करणको विराट गोल्डकप फुटबलको उपाधिका लागि आज भारत केरलाको लुका सकर क्लब र घरेलु टोली विराटनगर सिटी भिड्ने भएका छन्। 

सहिद रङ्गशालामा फाइनल खेल साँझ ६:४५ बजे हुने छ। लुका सकर पहिलोपटक विराट गोल्डकपको फाइनलमा पुगेको हो। घरेलु टोली विराटनगर भने दोस्रोपटक गोल्डकपको उपाधि हात पार्ने दाउमा छ। 

विराटनगरले पूर्वविजेता नेपाल पुलिस क्लब र जावलाखेललाई हराउँदै फाइनलमा स्थान बनाएको हो। विराटनगरले क्वाटरफाइलनमा नेपाल पुलिस क्लबलाई १–० गोलअन्तरले तथा सेमिफाइनलमा जावलाखेललाई २–१ गोलअन्तरले हराएको थियो। 

त्यसैगरी विराट गोल्डकपमा पहिलोपटक भाग लिएको लुका सकरले क्वाटरफाइनलमा सङ्कटा क्लबलाई हराएको थियो भने सेमिफाइनलमा साविक विजेता सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई टाइब्रेकरमा ४–२ गोलअन्तरले पाखा लगाउँदै  फाइनलमा स्थान तय गरेको हो। विराटनगर ६ दशकपछि गोल्डकपको फाइनलमा पुग्न सफल भएको छ। 

गोल्डकपमा नेपाल, भारत र भुटानका गरी आठ टोलीको सहभागिता छ। प्रतियोगिताको विजेताले रु २० लाख १५ हजार तथा उपविजेताले रु १० लाख २५ हजार पुरस्कार प्राप्त गर्ने प्रतियोगिताका सहसंयोजक सुवाशिष कोइरालाले जानकारी दिए। विसं  २०१८ मा ‘महेन्द्र गोल्डकप’का नामले सुरु भएको प्रतियोगिता २०५७ सालदेखि  ‘विराट गोल्डकप’का रूपमा सञ्चालन हुँदै छ। रासस 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .