नवौँ राष्ट्रिय खेलकुदका स्वर्ण पदक विजेता खेलाडीलाई दिने भनिएको नगद पुरस्कार छिटो उपलब्ध गराउन नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ध्यानाकर्षण गराएको छ।
संघका अध्यक्ष दीपक श्रेष्ठको नेतृत्वको टोलीले बुधबार राखेप सदस्यसचिव टंकलाल घिसिङलाई नवौँ राष्ट्रिय खेलकुदमा स्वर्ण पदक विजेता खेलाडीहरुलाई बृहत् राष्ट्रिय खेलकुदको कार्यविधिमा उल्लेख भएबमोजिम प्रदान गरिने नगद पुरस्कार रकम तुरुन्त उपलब्ध गराउनुपर्ने, १९औँ एसियाली खेलकुद आगामी सेप्टेम्बरमा हुने भएकाले खेलाडीहरुको तयारी प्रशिक्षण तत्काल सञ्चालन गर्नुपर्नेलगायत माग राखिएको पत्र बुझाएको हो।

मागपत्रमा साग स्वर्ण, एसियाली खेलकुदमा पदक विजेता र ओलम्पियन खेलाडीहरुले विगतमा पाउने गरेको प्रोत्साहन भत्ता पनि उपलब्ध गराउन माग गरिएको छ।
Shares

प्रतिक्रिया