ad ad

खेल


फुलह्याममाथि जित निकाल्दै म्यानचेष्टर युनाइटेड एफ ए कपको सेमिफाइनलमा

फुलह्याममाथि जित निकाल्दै म्यानचेष्टर युनाइटेड एफ ए कपको सेमिफाइनलमा

नेपालखबर
चैत ६, २०७९ सोमबार ७:२३, काठमाडौँ

म्यानचेष्टर युनाइटेडले नौ खेलाडीमा सिमित फुलह्याममाथि जित हात पार्दै एफ ए कपको सेमिफाइनलमा प्रवेश गरेको छ।

ओल्ड ट्राफोर्डमा आइतबार राति भएको खेलमा युनाइटेडले फुलहामलाई ३–१ गोल अन्तरले हराउँदै अन्तिम ४ मा स्थान पक्का गरेको हो।

सन् १९७५ को फाइनलमा वेष्ट ह्यामसँग हारेपछि मार्को सिल्भाको टोली दोस्रो पटक अन्तिम ४ मा खेल्ने प्रयासमा थिए। 

खेलको ५० औं मिनेटमा एलेक्सान्डर मिट्रोभिकले गोल गर्दै फुलहामलाई सुरुवाती अग्रता दिलाएका थिए। 

ह्याण्डबलको विषयलाई लिएर विवाद भएपछि खेलमा केहीबेर तनाव भएको थियो। रेफ्रि क्रिस काभानाघले सुरुमा कर्नर दिएपनि भिएआरले पिच साइट मनिटर गर्न सल्लाह दिएपछि खेलमा खेल केहीबेर तनावपूर्ण बनेको थियो। 

रेफ्रि काभानकले सिल्भालाई रातो कार्ड दिदै मैदान बाहिर पठाए। त्यही क्रिममा एलेक्सान्डरले रेफ्रिको पाखुरमा धकेलेपछि उनलाई पनि रातो कार्ड देखाइएको थियो। खेलमा दुई मिनेटको अन्तरमा फुलहामका दुई खेलाडी र म्यानेजरले रातो कार्ड पाए। 

खेलको ७५औं मिनेटमा ब्रुनो फर्नान्डेजलाई पेनाल्टी अवसर दिइएको थियो। जँहा उनी चुकेनन् र खेललाई बराबरीमा ल्याए। 

खेलको ७७औं मिनेटमा मार्सेल सबिट्जरले ल्युक शाको पासमा गोल गर्दै युनाइटेडलाइ २–१ को अग्रता दिलाए। 

खेलको इन्ज्युरी समयमा ब्रुनो फर्नान्डेसले गोल गर्दै टोलीलाई अन्तिम ४ को यात्रा तय गराउन सफल भए। 

युनाइटेडले अब सेमिफाइनलमा ब्राइटनसँग वेम्बेलीमा खेल्नेछ। ब्राइटनले ग्रिम्स्बीलाई ५–० को फराकिलो अन्तरले हराउँदै अन्तिम ४ मा स्थान पक्का गरेको थियो। 

गएराति कै खेलमा सेफिल्ड युनाइटेडले ब्याकवर्नलाई ३–२ हराएको थियो। सेफिल्डले फाइनल प्रवेशका लागि म्याचेष्टर सिटीसँग खेल्नेछ। दुवै सेमिफाइनल अप्रिल ४ मा हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .