खेल


ए डिभिजन लिग : चर्च ब्वाइज र संकटाले अंक बाँडे

ए डिभिजन लिग : चर्च ब्वाइज र संकटाले अंक बाँडे

नेपालखबर
फागुन ३०, २०७९ मंगलबार १६:४५, काठमाडौँ

सहिद स्मारक ए डिभिजन लिगमा चर्च ब्वाइज युनाइटेड र संकटा क्लबले बराबरी गर्दै अंक बाँडेका छन्। 

ललतिपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा मंगलबार भएको खेलमा चर्च ब्वाइज र संकटाले गोलरहित बराबरी गर्दै अंक बाडे। 

चर्चब्वाइजले जारी लिगमा पहिलो बराबरी खेलेको हो। संकटाको यो दोस्रो बराबरी हो। 

खेलको १६ औं मिनेटमा चर्च ब्वाइजका प्रशान्त लक्षमले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहार पोस्टमा लाग्दै बाहिरियो। 

१७ औँ मिनेटमा संकटाका जुनिअर एन्गुनेको प्रहार क्रसबारमा लागेर बाहिरिंदा संकटाले अग्रता लिन सकेन। 

१८ औं मिनेटमा चर्च ब्वाइज अन्जन विष्टले पेनाल्टी क्षेत्र भित्रबाट दिएको पासलाई आशिष चापागाईंले नियन्त्रणमा गरेको प्रहार विफल भयो। 

४३ औं मिनेटमा कर्नरमा क्लियर हुन नसकेको बलमा संकटाका बियकले गरेको प्रहार चर्च ब्वाइजका एरिक विष्टले गोललाइन अगाडिबाट क्लियर गरे। 

दोस्रो हाफको इन्ज्युरी समयमा चर्चब्वाइजका किपर अघि बढि सकेको अवस्थामा संकटाका जुनियर एकिन्द्रेको प्रहार उनले नै उत्कृट बचाउ गरे। 

इन्ज्युरी समयमा चर्च ब्वाइजका कमलले पेनाल्टी क्षेत्रभित्र ह्याण्ड गरेपछि संकटाले पेनाल्टी अवसर पाएको थियो। 

मनिष डाँगीको पेनाल्टी प्रहार चर्च ब्वाइजका गोलरक्षक प्रिसोले पन्च गर्दै बचाए। त्यसको रिबाउण्डमा मनिषले नै गरेको प्रहार गोलरक्षकले सेभ गरे। 

खेलको दोस्रो हाफमा दुवै टोलीले गोल गर्ने सुन्दर मौका पाएपनि त्यसलाई सदुपयोग गर्न नसक्दा खेल गोलरहित बराबरीमा सकिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .