ad ad

खेल


१६औँ एशियन क्रस कन्ट्री च्याम्पियनसिप : राममाया बुढाले जितिन् रजत

१६औँ एशियन क्रस कन्ट्री च्याम्पियनसिप : राममाया बुढाले जितिन् रजत

नेपालखबर
फागुन २३, २०७९ मंगलबार १३:१, काठमाडौँ

नेपालकी राममाया बुढाले १६औँ एशियन क्रस कन्ट्री च्याम्पियनसिपको महिला जुनियर यू–२० मा रजत पदक जितेकी छन्।

भारतीय खेलाडी श्रुती श्रीधर रेडाकरसँग फोटो फिनिसमा पछि पर्दै राममायाले दोस्रो स्थान हासिल गरेकी हुन्। श्रुती र रामाया दुवैले २४ मिनेट १५ सेकेन्डमा ६ किलोमिटर दौड पूरा गरेकी थिइन्। 

काठमाडौको गोकर्ण गल्फ रिसोर्टमा मंगलबार भएको दौडमा भारतीय बेबीले २४ मिनेट २१ सेकेन्डमा दौड पूरा गर्दै कास्य पदक जितेकी छिन्।

महिला जुनियरमा पनि नेपाललले टिम इभेन्टमा रजत पदक हात पारेको छ। टिम इभेन्टमा नेपालकी राममाया बुढा, राज्य लक्ष्मी रावल र विमला कार्कीले १ घण्टा १८ सेकेण्ड २२ सेकेण्डमा पार गरे।

टिम इभेन्टमा भारतले नै स्वर्ण पदक जित्यो। भारतका श्रुती, बेवी र प्रियंकाले निर्धारित दुरी १ घण्टा १४ मिनेट ०९ सेकेण्डमा पार गर्दै स्वर्ण पदक जिते।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .