खेल


यूएईसामु नेपालले पेस गर्‍यो २ सय ३० रनको मध्यम लक्ष्य

यूएईसामु नेपालले पेस गर्‍यो २ सय ३० रनको मध्यम लक्ष्य

नेपालखबर
फागुन २२, २०७९ सोमबार १५:९, काठमाडौँ

आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक एक दिवसीय सिरिजमा नेपालले घरेलु टोली यूएईलाई २ सय ३० रनको मध्यम लक्ष्य दिएको छ।

दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय २९ रनको योगफल तयार पारेको हो। 

छैटौँ विकेटका लागि भीम सार्की र सन्दीप लामिछानेले ५६ रनकै साझेदारी गर्दै नेपालको इनिङ्स उकासेका थिए। सन्दीप २७ रन बनाउँदा क्याच आउट भए। ४० बलको सामना गरेका उनले १ चौका हाने। 

सातौँ विकेटका लागि भीम र आरिफ शेखले ५६ रनको साझेदारी गर्दै नेपाललाई सम्मानजनक योगफलतर्फ डोर्‍याएका थिए। 

९९ बलको सामना गरेका भीम ७ चौका हान्दै ७० रन बनाएर बोल्ड आउट भए। 

उनी रोहन मुस्तफाको बलमा बोल्ड भएका हुन्। वन डे क्रिकेटमा भीमले करियरको पहिलो अर्धशतक प्रहार गरे। 

ओपनर ज्ञानेन्द्र मल्ल ११ रनमा एलबीडब्लु धरापमा परे। आशिफ शेख ६ रनमा क्याच आउट भए। 

कुशल मल्लले ३२ रन बनाउँदा रोहन मुस्तफाले बोल्ड आउट गरे। दीपेन्द्र सिंह ऐरी ४ र रोहित पौडेल १ रनमा आउट भए। करण केसीले ११ बलमा १ चौका र १ छक्का हान्दै १७ रनमा आउट भए। 

आरिफ शेख ४३ र प्रतिश जिसी ११ रनमा नटआउट रहे। ५६ बलको सामना गरेका आरिफ १ चौका र १ छक्का हान्दै ४३ रन बनाए। ६ बलको सामना गरेका प्रतिश १ चौका हान्दै ११ रन बनाए। 

युएईका जुनैद सिद्दीकीले तिन विकेट लिए। रोहन मुस्तफा र आर्यन लात्राले समान २ विकेट लिए। कार्तिक मैइयाप्पनले एक विकेट झारे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad