ad ad

खेल


फिफा वर्ष खेलाडी : मेस्सीको भोट नेयमार र करिम बेन्जेमालाई

फिफा वर्ष खेलाडी : मेस्सीको भोट नेयमार र करिम बेन्जेमालाई

नेपालखबर
फागुन १६, २०७९ मंगलबार १२:२०, काठमाडौँ

अर्जेन्टिनी टोलीका कप्तान लियोनल मेस्सीले फिफा उत्कृष्ट वर्ष पुरुष खेलाडीको मनोनयनमा नेयमार जुनियर र करिम बेन्जेमालाई भोट गरेका छन्।

मेस्सीले पहिलो रोजाइमा नेयमारलाई भोट गरेका थिए। मेस्सीले फ्रान्स तथा पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड केलियन एम्बाप्पेलाई भोट गरेनन्।

मेस्सी, नेयमार र एम्बाप्पे तीनै स्टार फरवार्ड पीएसजीमा आवद्ध छन्। फिफा बेस्ट फुटबल अवार्डमा राष्ट्रिय टोलीका कप्तान र प्रशिक्षकले भोट गर्न पाउँछन्। 

वर्ष उत्कृष्ट खेलाडीको मनोनयमा मेस्सी पनि छनोट भएका थिए। सोमबार राति भएको अवार्ड समारोहमा मेस्सी दोस्रो पटक फिफा वर्ष उत्कृष्ट खेलाडी बनेका थिए। 

भोटिङको आधारमा मेस्सीले ५२ प्वाइन्ट पाएका थिए। ४४ भोट पाएका एमबाप्पे दोस्रो स्थानमा थिए।

करिम बेन्जेमा (३४) लुका मोड्रिच (२८, इर्लिङ हालान्ड(२४, साडियो माने(१९, जुलियन अल्भारेज(१७, अर्चराफ हाकिमी(१५), नेयमार(१३), केभिन डि ब्रुयन(१०), भिनिसियस जुनियर(१०), रोबर्टो लेवान्डोस्की(७), जुडे बिलिङघम(३) र मोहम्मद सलाहले (२) अंक पाएका थिए। 

इङल्यान्डका कप्तान ह्यारी केनले मेस्सी, साडियो माने र बेन्जेमालाई भोट गरेका थिए। जबकी इङल्याण्डका ग्यारेथ साउथगेटले मेस्सी, लुका मोड्रिच र एम्बाप्पेलाई भोट दिए। 

पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले भने अवार्डको मनोनयमा परेका कुनै खेलाडीलाई पनि भोट गरेनन्। 

कतार विश्वकपमा टोलीको कप्तानमा पेपेको नाम रहेको र उनले अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिएका छैनन्। 

पोर्चुगलको कप्तानमा पेपेको नाम रहेकाले रोनाल्डोले भोट गर्न नपाएका हुन्। भेट्रान खेलाडी पेपेले एम्बाप्पे, मोड्रिच र बेन्जेमालाई भोट गरेका थिए। 

लिभरपुलका स्टार तथा इजिप्टका कप्तान मोहम्मद सलाहले पहिलो नम्बरमा भिनिसियसलाई गोल गरे। उनले दोस्रोमा माने, तेस्रोमा केभिन डि ब्रुयन र अच्राफ हाकीमीलाई भोट दिए। 

ब्राजिलका कप्तान थिएगो सिल्भाले नेयमार, मेस्सी र बेन्जेमालाई भोट गरे। लेवान्डोस्कीले पहिलो रोजाइमा मेस्सी, दोस्रोमा एम्बाप्पे र मोड्रिचलाई छानेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .