ad ad

खेल


यूईएफए च्याम्पियन्स लिग : नापोलीसँग २–० ले हार्‍यो फ्रान्कफर्ट

यूईएफए च्याम्पियन्स लिग : नापोलीसँग २–० ले हार्‍यो फ्रान्कफर्ट

नेपालखबर
फागुन १०, २०७९ बुधबार ८:३२, काठमाडौँ

यूईएफए च्याम्पियन्स लिग प्रि-क्वार्टरफाइनलको पहिलो लेगमा नापोलीले १० खेलाडीमा सीमिति इन्ट्राक्ट फ्रान्कफर्टलाई हराएको छ। 

मंगलबार राति भएको खेलमा नापोलीले फ्रान्कफर्टलाई २–० गोल अन्तरले हराउँदै क्वार्टरफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको हो।

नापोलीका लागि भिक्टर ओसिमहेनले सिजनको आफ्नो २०औँ गोल गरे। 

खेलको ३६औँ मिनेटमा ख्विचा क्वारात्स्खेलियाले पेनाल्टीमा गोल गर्न चुके। त्यसको चार मिनेटपछि ओसिमहेनले हिरभिङ लोजानोको पासमा गोल गर्दै नापोलीलाई सुरुावती अग्रता दिलाएका थिए। 

खेलको ५८औँ मिनेटमा फ्रान्कफर्ट १० खेलाडीमा सीमित भएको थियो। खेलको ५८औँ मिनेटमा रान्डल कोलो मोउनीले खराब ट्याकल गरेपछि उनले रातो कार्ड खाँदै मैदान छाडे। ६५औँ मिनेटमा डि लोरेन्जोले गोल गर्दै नापोलीलाई सहज जित दिलाए। 

प्रि-क्वार्टरफाइनलको दोस्रो लेग नापोलीको घरेलु मैदानमा १५ मार्चमा हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .