बार्सिलोना स्टार लियोनल मेस्सी पाका हुँदै गएका छन्। केही समययता बार्सिलोना पनि उनको ठाउँ लिने खेलाडीको खोजीमा छ।
मेस्सी भने आफ्नो ठाउँ ब्राजिलका नेयमार जुनियरले लिऊन् भन्ने चाहन्छन्। फ्रान्स फुटबलका अनुसार मेस्सीले नेयमारलाई ह्वाट्सएपमा यस्तै सन्देश पनि पठाएका छन्। हाल नेयमार फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेनमा छन्।
‘हामी दुईले मिलेर मात्र च्याम्पियन्स लिग जित्न सक्छौँ,’ मेस्सीले नेयमारलाई भनेका छन्, ‘तिमी फर्केर आऊ। दुई वर्षमा म छाड्दैछु। त्यसपछि तिमी यहाँ एक्लै हुनेछौँ। तिमीले मेरो ठाउँ लिनेछौ।’
क्लबका थुप्रै अधिकारी पनि मेस्सीको ठाउँ लिने उपयुक्त पात्र नेयमार नै हुन् भन्ने ठान्छन्।
पछिल्ला वर्षमा आन्त्वान ग्रिजम्यान, फिलिप्पे काउटिन्हो, ओसामान डेम्बेलेलगायतका स्टार खेलाडीले बार्सिलोनामा सोचेजस्तो प्रदर्शन गर्न सकेका छैनन्।
बार्सिलोना छाडेर पीएसजी गएका नेयमार पनि त्यहाँ खुसी नभएको रिपोर्ट बाहिरिने गरेको छ। एजेन्सी
Shares

प्रतिक्रिया