समाज


उखु किसानका पक्षमा त्रिभुवन विश्वविद्यालयमा प्रदर्शन

उखु किसानका पक्षमा त्रिभुवन विश्वविद्यालयमा प्रदर्शन

नेपालखबर
पुस १५, २०७६ मंगलबार ११:२,

चिनी उद्योगले उखुको रकम भुक्तानी नगर्दा ऋणमा पिल्सिएका उखु किसानका पक्षमा त्रिभुवन विश्वविद्यालय समाजशास्त्र केन्द्रीय विभागका विद्यार्थीले प्रदर्शन गरेका छन्।

मंगलबार उनीहरुले समाजशास्त्र केन्द्रीय विभागबाट जुलुस निकाल्दै उखु किसानमाथि भइरहेको शोषण अन्त्य गर्न माग गरे। वर्षौंदेखि उखुको रकम भुक्तानी नभएकाले न्याय माग्न काठमाडौ आएका उखु किसानलाई अबिलम्ब न्याय दिनुपर्ने आसयका ब्यानरसहित विद्यार्थीहरुले प्रदर्शन गरेका हुन्।

‘अहिले सरकार किसानहरुको हितभन्दा माफियाका पक्षमा उभिन पुगेको छ, सरकारको गैह्रजिम्मेवार व्यवहारका कारण अन्नदाता किसानले दुःख पाएका छन्, प्रदर्शनमा सहभागी समाजशास्त्रका विद्यार्थी सरोज यादवले भने, ‘हामी खुरुखुरु क्याम्पस आउने र घर फर्किनेमात्र काम गर्दैनौं, समाजमा भैरहेका सबै किसिमका अन्यायविरुद्ध आवाजपनी उठाउछौँ।’

प्रदर्शनमा सहभागी अर्का विद्यार्थी प्रदीप सेढाईले उखु किसानहरुको समस्या हल नभए विश्वविद्यालयमा थप प्रदर्शन गरिने बताए।

७ वर्षदेखि चिनी मिलहरु भुक्तानी नदिएपछि उखुको मूल्य माग्दै सर्लाहीका किसानहरु केही दिनदेखि काठमाडौंको माइतीघरमा धर्नामा बसेका छन्।

उखुमिलहरुले २०७० सालदेखि किसानलाई भुक्तानी दिएका छैनन्। २०७० सालदेखि अहिलेसम्म अन्नपूर्ण मिलले ५० करोड र महालक्ष्मी मिलले २१ करोड भुक्तानी गर्न बाँकी रहेको किसानहरुले बताएका छन्। भुक्तानी नदिएसम्म उखु नकाट्ने र मिलहरु कुनै पनि हालतमा चल्न समेत नदिने किसानहरुले चेतावनी दिएका छन्।किसानहरुले उखुको मूल्य पनि सरकारले तोकेअनुसार कार्यान्वयन हुनुपर्ने बताउँदै आएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad