आइतबार अमेरिकाले इराक र सिरियामा रहेका सशस्त्र समूहलाई लक्षित गर्दै उनीहरुकै भूमिका आक्रमण गरेको थियो।
आफ्नो देशका एक ठेकेदारको मृत्यु भएपछि अमेरिकी सेनाले इराक र सिरियास्थित इरानसमर्थित लडाकु शिविरमा आक्रमण गरेको थियो।
आइतबारको आक्रमणपछि इराकले सोमबार अमेरिकाले आक्रमणको नतिजा भोग्ने चेतावनी दिएको थियो।
अमेरिकाले इराकी भूमिमा आक्रमण गरेको भन्दै मंगलबार इराकी नागरिकले अमेरिकी दूतावास भित्रै पसेर अमेरिकी कार्यको विरोध गरेका हुन्।
इराकको विदेशमन्त्रालयले सोमबार भनेको थियो,‘अमेरिकाले सार्वभौम मूलुकमा आक्रमण गरेर यस देशको स्वतन्त्रताको धज्जी उडाएको छ। यसले अमेरिकाले आतंकवादलाई खुला समर्थन गरेको देखिन्छ।’
आइतबारको अमेरिकी आक्रमणमा २५ जनाको मृत्यु भएको थियो भने ५१ जना घाइते भएका थिए। बीबीसी

प्रतिक्रिया