ad ad

खेल


सातौँ राजर्षि जनक कप : मछिन्द्रले प्राप्त गर्‍यो १० लाख नगद र ट्रफी

सातौँ राजर्षि जनक कप : मछिन्द्रले प्राप्त गर्‍यो १० लाख नगद र ट्रफी

नेपालखबर
फागुन ७, २०७९ आइतबार २१:४९, सर्लाही

सातौँ राजर्षि जनक कप फुटबल प्रतियोगिताको उपाधि मछिन्द्र फुटबल क्लव काठमाडौंले जितेको छ। 

जावलाखेल युथ क्लव, ललितपुरलाई १ का विरुद्ध २ गोलले पराजित गर्दै मछिन्द्रले उपाधि जितेको हो। 

आइतबार साँझ सर्लाहीको बागमती नगरपालिकाको कर्मैयास्थित सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा सम्पन्न भएको खेलमा विजयी हुने मछिन्द्रले १० लाख रुपियाँसहित ट्रफी प्राप्त गरेको छ भने उपविजेता जावलाखेलले ५ लाख रुपियाँमै चित्त बुझाएको छ।

गत वर्षको सहिद स्मारक ए डिभिजन लिगको च्याम्पियनसमेत रहेको मच्छिन्द्रले यस वर्ष पहिलोपटक मोफसलमा भएको प्रतियोगितामा उपाधि जितेको हो।

मछिन्द्र फुटबल क्लव सुदूरपश्चिम ११ लाई हराउँदै फाइनलमा प्रवेश गरेको थियो भने जावलाखेल संकटा क्लबलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो। 

खेलको २० औं मिनेटमा जावलाखेलका १७ नम्बर जर्सीका खेलाडी आदित्य चौधरीले डीबक्सभित्र मछिन्द्रका जर्शी नम्बर १२ का खेलाडी अभिषेक गुरुङलाई लडाएपछी जावलाखेलले पेनाल्टी पाएको थियो।

उक्त पेनाल्टीलाई मछिन्द्रका १० नम्बर जर्सीका खेलाडी  बिमल घर्ती मगरले गोलमा परिणत गरेका थिए।

मछिन्द्र फुटबल क्लवका कप्तान सुजल श्रेष्ठले ८० औँ मिनेटमा गोल गर्दै खेललाई २–० को अवस्थामा पुर्याए। त्यस लगत्तै खेलको ८४ औँ मिनेटमा जावलाखेलको तर्फबाट जर्सी नम्बर २५ का खेलाडी विनोद केसीले आफ्नो टिमको लागि सान्त्वना गोल गरेका थिए। 

आजको खेलमा मछिन्द्र फुटबल क्लवका कप्तान सुजल श्रेष्ठ म्यान अफ दि म्याच घोषित भए भने मछिन्द्रकै विमल घर्तीमगरले उत्कृष्ठ स्ट्राइकरको पुरस्कार प्राप्त गरे। उनीहरुले जनही १०/१० हजार रुपैयाँ प्राप्त गरेका छन्। 

त्यसैगरी प्रतियोगिताको सर्बोत्कृष्ट खेलाडी बागमती युवा क्लबका सृजन गौतम घोषित भए। उनले ट्रफीसहित नगद ५१ हजार रुपैयाँ प्राप्त गरे। 

त्यसैगरी मच्छिन्द्रका विशाल श्रेष्ठ प्रतियोगिताको उत्कृष्ट गोल रक्षक, जावलाखेलका सिमान्त थापा उत्कृष्ट डिफेन्टर, जावलाखेलकै समिराज ठोकर उत्कृष्ट मिड फिल्डर र मछिन्द्रा प्रवेश कटुवाल उत्कृष्ट कोच घोषित भए। उनीहरुले जनही २५ हजार रुपैयाँसहित ट्रफि प्राप्त गरे।

प्रतियोगिताको उदियमान खेलाडीको उपाधि बागमती युवा क्लबका अभिषेक वाइवाले प्राप्त गरेका छन्। उनलाई प्रतियोगिताको समापन समारोहमा प्रमुख अतिथि संविधानसभा सदस्य नरेन्द्र साहले २०० सिसिको मोटरसाइकल प्रदान गरे। 

गत माघ २५ गतेदेखि सुरु भएको प्रतियोगितामा एक विदेशी, दुई बिभागीयसहित ए डिभिजन र मोफसलका समेत गरी १२ वटा टिमको सहभागिता थियो।

बागमती युवा क्लब र वागमती नगरपालिकाले संयुक्त रुपमा प्रतियोगिता आयोजना गरेका हुन्। राजर्षि जनक कप मधेश प्रदेशमा आयोजना हुने सर्वाधिक राशीको प्रतियोगिता हो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .