ad ad

खेल


कोहली र गांगुलीबीच ‘इगोको टक्कर’ थियो भनेपछि गयो चेतन शर्माको जागिर

कोहली र गांगुलीबीच ‘इगोको टक्कर’ थियो भनेपछि गयो चेतन शर्माको जागिर

नेपालखबर
फागुन ५, २०७९ शुक्रबार १५:४८, काठमाडौँ

भारतीय क्रिकेटको छनोट समितिका अध्यक्ष चेतन शर्माले राजीनामा दिएका छन्। उनले पूर्वकप्तान विराट कोहली र पूर्व बीसीसीआई अध्यक्ष सौरभ गांगुलीबीच ‘इगोको टक्कर’ रहेको बताउँदै गरेको भिडिओ एक स्टिङ अपरेसनबाट सार्वजनिक भएपछि उनले राजीनामा दिएका हुन्।

उनले त्यसो भन्दै गरेको भिडिओ भाइरल भएको थियो।

शर्मा २०२० देखि छनोट समितिको अध्यक्ष थिए। गत महिना उनी पुनः सो पदमा नियुक्त भएका थिए।

कोहलीले आफूलाई एक दिवसीय टोलीको कप्तानबाट बिनासल्लाह हटाएको भनी गरेको दाबी पनि झुठो भएको उनले सो भिडिओमा गरेका थिए। सो स्टिङ अपरेसन जीन्युजले गरेको थियो।

त्यस्तै, केही खेलाडीले घाइते भएपछि छिटो निको हुन इन्जेक्सन लगाउने गरेको र कहिलेकाहीँ घाइते अवस्थामै खेल्ने गरेको पनि आरोप लगाएका थिए।

चेतन शर्मा

त्यसयता उनले कुनै टिप्पणी गरेका छैनन्।

तर, उनले बीसीसीआईका सचिव जय शाहसामु राजीनामा दिएको बताइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .