ad ad

खेल


नामिबियालाई हराउँदै स्कटल्यान्ड बन्यो च्याम्पियन

नामिबियालाई हराउँदै स्कटल्यान्ड बन्यो च्याम्पियन

नेपालखबर
फागुन ३, २०७९ बुधबार १४:२९, काठमाडौँ

ओपनर काइल कोट्जर र जर्ज मुन्सेले १ सय ५७ रनको अविजित साझेदारी गरेपछि आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक एक दिवसीय सिरिजमा नामिबिया स्कटल्यान्डसँग १० विकेटले हारेको छ। 

नामिबियालाई हराएको स्कटल्यान्ड आईसीसी विश्वकप लिग २ को औपचारिक रुपमा च्याम्पियन बनेको छ। नामिबियालाई हराउने क्रममा स्कटल्यान्डले १० विकेटको जित पहिलोपटक निकालेको हो। 

त्रिकोणात्मक सिरिजअन्तर्गत नेपाल भ्रमणमा रहेको नामिबिया पहिलो खेलमा सोमबार घरेलु टोलीसँग २ विकेटले हारेको थियो। 

नामिबियाले दिएको १ सय ५४ रनको सामान्य लक्ष्य स्कटल्यान्डले २२.१ ओभरमा बिना विकेटको क्षति भेट्टायो। 

काइल कोट्जर र जर्ज मुन्सेले १ सय ५७ रनको अविजित साझेदारी गरेपछि स्कटल्यान्डले फराकिलो जित निकालेको हो।

जर्ज मुन्से १०३ र काइल ४६ रनमा नटआउट रहे। ६१ बलको सामना गरेका जर्जले १२ चौका र ७ छक्का हाने। ७२ बलको सामना गरेका काइलले ७ चौका हाने। 

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा स्कटल्यान्डले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नामिबिया ३९.२ ओभरमा १ सय ५३ रन बनाउँदा अल आउट भयो। 

नामिबियालाई कम स्कोरमा रोक्न स्कटल्यान्डका माइकल लिस्क एक्लैले ४ विकेट लिए। ८.२ ओभर बलिङ गरेका उनले १ मेडन राख्दै २४ रन खर्चे। सफ्यान सरिफ र मार्क वाटले समान ३ विकेट लिए।

लो–लान्ड्रे लोरेन्सले जोडेको ५४ रन नै नामिबियाका लागि सर्वाधिक रह्यो। ८८ बलको सामना गरेका उनले ५ चौका हाने। बर्नार्ड सोल्टस्ले ३० तथा जान ग्रिनले २५ थपे। पिक्की या फ्रान्सले ११ रन बनाए। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। 

स्कटल्यान्ड ३३ खेलमा २३ मा जित र ८ मा हारसहित ४८ अंकमा तालिकाको शीर्षस्थानमा छ। स्कटल्यान्डको अबका बाँकी खेलमा हार भोगे पनि कुनै फरक पर्ने छैन। 

यता नामिबिया ३२ खेलमा १८ मा जित र १३ मा हारसहित ३७ अंकका साथ तेस्रो स्थानमा छ। 

२५ खेलमा ९ मा जित र १४ खेलमा हार बेहारेको नेपाल २० अंकमा छैटौं स्थानमा छ। 

स्कटल्यान्डले शुक्रबार नेपालसँग खेल्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .